• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै

धनगढी,१३ बैशाख/लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन । बैतडीलगायत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा महिनावारी भएका महिलालाई पाँच दिनसम्म दुधदही दिइँदैन भने अर्कोतर्फ दलित समुदायले उत्पादन गरेको दुधदही सदिऔँदेखि कथित उच्च वर्गले चलाउने गरेका छैनन् ।

समाजमा अझै जातीय छुवाछुत र भेदभाव कायमै रहेकाले कृषि र पशुपालनमा लागेका दलित समुदायको घिउ चले पनि दुध चल्न नसकेको दलित अगुवा राजुराम भुलले बताउनुभयो । गाउँपालिका र नगरपालिकाका क्षेत्रमै जातीय भेदभावका कारण दुध नचलेपछि दलित समुदायका मानिस पशुपालन व्यवसायमा लाग्न नसक्दा रोजगारीका लागि भारत पलायन हुने गरेका छन् ।

लोकतन्त्र स्थापनापछि बजार क्षेत्रमा भने दलित समुदायले दुध हालेको चिया खान पाउन थालेको दलित समाज विकासमञ्च बैतडीका सचिव दलभद्र दयालले बताउनुभयो । उहाँले जातीय रूपमा छोइटिटो गर्ने परम्परा हटे पनि अन्य समुदायको जस्तो पशुपालन गरेर दुध बेचेर जीविका चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । दलित र महिनावारी भएका महिलाले दुधदही खाएमा गाईभैँसी बिग्रन्छन् भन्ने अन्धविश्वास हटाउन धामीझाँक्री र पुजारी अग्रसर हुनुपर्ने बनारसीधामका पूजारी गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “रूढीवादी परम्परा हटाउन कानुनको पालना र जनचेतना जगाउनु पर्छ । विदेश गएर जुठो भाँडा माझ्नुभन्दा स्वदेशमै गईभैँसी पालेर दुधदही बिक्री गर्ने वातावरण स्थानीय सरकारले मिलाउनु पर्छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा दलित समुदायको ५० हजार जनसङ्ख्या रहेको छ तर १० पालिकाका ८४ वडामा कतै पनि दलित समुदायमा व्यक्ति दुग्ध व्यवसायमा लागेको भेटिएको छैन । जिल्लाका कतिपय गाउँपालिका केन्द्रमै दुध नै पाइँदैन । बजारमा दुध बिक्री गरे दलित वा छाउ भएका महिलाले खान सक्छन् भन्ने अन्धविश्वासका कारण ग्रामीण भेगका किसान दुध बिक्री नै गर्दैनन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा २४ हजार दुधालु गाईबाट वार्षिक छ हजार ४८० मेट्रिक टन र १९ हजार दुधालु भैँसीबाट वार्षिक नौ हजार ८९५ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । कार्यालय प्रमुख गुमानीदत्त पन्तका अनुसार प्रतिव्यक्ति वार्षिक आधारभूत ९१ लिटर दुध आवश्यक पर्नेमा बैतडीमा ९६ लिटर प्रतिव्यक्तिमा उपलब्धता रहेको बताउनुभयो । गाउँघरमा एक समुदायले अर्को समुदायलाई सितिमिति दुध नदिने भएकाले गोरसका लागि भए पनि प्रत्येक घरपरिवारमा गाईभैँसी पाल्ने चलनका कारण दुधको उपलब्धता रहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका अधिकांश किसान व्यावसायिक पशुपालनमा लाग्न नसक्दा आर्थिक अवस्था बलियो बन्न नसकेको पशु प्राविधिकले बताएका छन् ।

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.