• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्ने

धनगढी,१३ बैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।

एक हप्ते भारत भ्रमणको क्रममा उहाँले दुवै प्रदेशका आफ्नो समकक्षी र दिल्लीमा मन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको हो। भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म एकहप्ते भारत भ्रमणमा जाँदैछ। १६ गते काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जाने र लखनऊ पुगेर स्थलमार्ग भएर स्वदेश फर्कने मुख्यमन्त्री शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो। उहाँले एक हप्ते भ्रमणको क्रममा दिल्ली, देहरादुन र त्यसपछि अयोध्यामा राम मन्दिरको दर्शन गर्दै लखनऊ पुग्ने उल्लेख गर्नुभयो।

मुख्यमन्त्री शाहले दिल्लीमा त्यहाँका मन्त्रीहरूलाई भेट्ने, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया गर्ने, केही साइट अवलोकन गर्ने लगायतको कार्यक्रम तय गरिएको छ। यस्तै, पश्चिमसेती र टनकपुर बाँधको काम गरिरहेको एनएचपिसीको कार्यालयमा पुगेर छलफल गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो।

दिल्लीपछि मुख्यमन्त्रीको टोली देहरादुन जाने र त्यहाँ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। देहरादुनपछि अयोध्या जाने र त्यहाँबाट लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने मुख्यमन्त्री शाहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“योगी आदित्यनाथसँग कुन दिन भेट्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन तर उहाँको कार्यालयले समय मिलाइरहेको छ।”

एक हप्ते भारत भ्रमणको क्रममा कृषि, पर्यटन, ऊर्जाको बारेमा मुख्य रूपमा कुरा गर्ने शाहको भनाइ छ। यसैगरी, गौरीफन्टासहित अरू नाका व्यवस्थापन, प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलनको बारेमा पनि कुरा गर्ने उहाँले बताउनुभयो।

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.