धनगढी ९ बैशाख/धनगढीको क्याम्पस चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा सुपप्र०१००२ त४०१५ नम्बरको ट्याक्टरले सुपप्र ०१०११प८७१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने ५५ वर्षीय सुन्दर चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार अहिले चौधरीको शव परीक्षणका लाथि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ट्याक्टर र चालक गोदावरी नगरपालिका– ९ बस्ने २४ वर्षीय अजय चौधरीलाई जिल्ल प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।