दार्चुला ३१ चैत/दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनानको मृत्यु भएको छ। नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको चालक संखुवासभाका सुरत तामाङले चलाएको ट्याङकरको ठक्म्करबाट दार्चुलाको नौगाड गाउँपालिका–५ का ५५ वर्षीय हरीसिह ऐरको मृत्यु भएको हो ।
आइतबार भएको दुर्घटनामा ऐरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ट्याङ्कर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।