• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदुरपश्चिममा महिलाको पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य परीक्षण गर्दै

धनगढी,२५ चैत/ सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा क्यान्सर अस्पताल भक्तपुरको टोलीले सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगि स्वास्थ्य परीक्षण गरिरहेको छ ।

स्वास्थ्य टोलीले चैत्र २२ गते अछामको रामारोसन गाउँपालिका र चैत्र २४ गते डडेल्धुराको अमरगढी नगरपालिमा शिविर सञ्चालन गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सर परीक्षण गरेको हो । टोलीले भोली २६ गते वर्दगोरियाको दोदोधरा अस्पतालमा स्वास्थ्य जाँच गर्ने डेभलोपमेन्ट रिसोर्स मोविलाईजेन्स नेटवर्कका निर्देशक प्रमोदराज ढकालले बताउनु भयो ।

सुदुरपश्चिममा महिलाहरुमा आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सर समस्याका कारण यस क्षेत्रका महिलाहरुले पीडा भोग्नु परेको छ । मुख्यमन्त्री शाहले कुनैपनि महिलाले यो समस्याबाट अकालमा ज्याज गुमाउन नपरोस भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरुको स्वास्थ्य जाँचका लागि पहल गर्नुभएको थियो । अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरि फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदुरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाको वारे जानकारी लिनुभएको छ ।

अछाम २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको डा। वर्षा प्रसाईले सो अवसरमा जानकारी दिनुभयो । उहाँले अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर र डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकोले थप उपचारका लागि रेफर गरिएको बताउनु भयो । डडेल्धुरामा १ जनामा देखिएको क्यान्सरका कारण अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा तत्काल उपचारका लागि रेफर गरिएको छ ।

शंका लागेर रेफर गरिएका विरामीले स्वास्थ्य बीमा कार्ड रेफरकार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्नेछन । स्वास्थ्य जाँचका लागि ८ वर्षको वालिका देखि ६० वर्ष माथिको महिलाहरु सहभागी रहेका छन । परीक्षणमा अछाम र डडेल्धुरामा पाँच/पाँच सय महिलाहरुमा चेकजाँच गर्ने योजना रहेकोमा सो संख्यामा महिलाहरुको उपस्थिती नरहेको डा। प्रसाईले बताउनु भयो । उहाँले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य जाँच्न कम जना आएको हुन सक्ने बताउनु भयो । जाँचमा आएका करिब ८० प्रतिशतलाई जेनेरल लक्षण देखिएकोले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधी दिएको सो अवसरमा जानकारी दिइयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। उज्जवल चालिसेको नेतृत्व २२ जनाको टोली सुदुरपश्चिम आएको हो ।

सोमबार, चैत २५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.