धनगढी/वित्तिय क्षेत्रका कार्यरत कर्मचारीका लागि नीतिगत र व्यबहारिक दक्षता बनाउन धनगढीका वित्तिय क्षेत्रका कामदारहरूको लागि कार्यशाला आयोजना गरिएको छ ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा यहाँ रहेका वित्तिय क्षेत्रमा अबद्ध कर्मचारीहरुलाई तालिम दिईएको हो । तालिममा श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथिका माथिका हक र अधिकारका बिषयमा छलफल भएको थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएओ) अभिसन्धी नम्बर ८७ अनुमोदन गरी सुमधुर औद्योगिक वातावरण निर्माण र बढ्दो महँगी नियन्त्रणको वातबरण बनाउनमा सबै एकमत हुन समेत चर्चा भएको थियो ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दीर्घबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय अध्यक्ष पदमराज रेग्मी रहेका थिए ।
