• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एकसट्ठी करोडको खाद्यान्न आयात

धनगढी,२३ चैत / सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१(०८२ को साउनदेखि कात्तिकसम्मको प्रथम चौमासिकमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट उक्त मूल्य बारबारको दाल, चामल, मकै, गहुँ, पशु आहारा, फलफूल र तरकारी आयात भएको हो ।

बिहीबार बैतडीमा कृषि विकास निर्देशनालयले आयोजना गरेको स्थानीय तहसँग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धी समन्वयात्मक गोष्ठीमा सो तथ्याङ्क सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नागरिक समाज लगायत कृषि सहकारीका सदस्य सहभागी थिए ।

सो कार्यक्रममा बैतडी र समग्र प्रदेशको कृषि उत्पादन र खाद्यान्नका बारेमा चर्चा गरिएको छ । कृषि विकास निर्देशनालय, दिपायल, डोटीले प्रदेशको कृषिको अवस्था बारे तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार प्रदेशका नौ वटा जिल्लाका २६ लाख ९६ हजार ६११ जनसङ्ख्यालाई वार्षिक पाँच लाख १३ हजार ४०१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा वार्षिक एक लाख ५९ हजार २६० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । प्रदेशका नौ वटा जिल्ला मध्ये कैलाली र कञ्चनपुर बाहेक सात पहाडी जिल्लामा खाद्य सङ्कट हुने गरेको छ ।

तथ्याङ्क अनुसार सात पहाडी जिल्ला मध्ये बैतडीमा सबै भन्दा बढी १६ हजार ५११ मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । बैतडीपछि अछाममा चार हजार ८१० मेट्रिक टन, बाजुरामा तीन हजार ५१७ मेट्रिक टन, बझाङमा दुई हजार ६२३ मेट्रिक टन, दार्चुलामा चार हजार १२० मेट्रिक टन, डडेलधुरामा एक हजार ३५ मेट्रिक टन र डोटीमा ५२९ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आव २०८१(०८२ को कुल बजेट ३१ अर्ब ६२ करोड मध्ये कृषि क्षेत्रका लागि दुई अर्ब ९१ करोड रुपियाँ विनियोजन गरेको छ । विनियोजित बजेट मन्त्रालयले नौ वटै जिल्लाका कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खर्च गर्दै आइरहेको छ । बैतडीमा यो वर्ष कृषि ज्ञान केन्द्रबाट नौ करोड २५ लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आठ करोड ५६ लाख रुपियाँ खर्च हुँदै छ ।

प्रदेश सरकारले कृषि क्षेत्रमा मात्रै करिब तीन अर्ब रुपियाँ खर्च गरे पनि प्रदेशलाई पुग्ने खाद्यान्न उत्पादन हुन सकेको छैन । लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख गुमानीदत्त पन्तले प्रदेशबाट आएको भैँसी प्रवर्द्धनको ५० लाख रुपियाँको कार्यक्रम बिचौलियाका कारण सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो राख्नुभयो ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले कृषि अनुदान दुरुपयोग हुन थालेपछि आगामी वर्षदेखि अनुदान शून्य पारेर किसानहरूलाई ब्याजमा अनुदान दिने बताउनुभयो । उहाँले अनुदानको नाममा काम नगरी पैसा खाने प्रवृत्ति बढेकाले अब अनुदान होइन किसानहरूलाई व्याजमा अनुदान दिने तयारी भईरहेकोे बताउनुभयो ।

 

शनिबार, चैत २३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.