• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका १२ वटा वडाहरूमा नापजाँच सकियो, पुर्जा वितरणमा समस्या

धनगढी,२२ चैत /कैलालीको धनगढी उपमहानगरपालिकाले १२ वटा वडाहरूको जग्गा नापजाँचको काम सकेको छ। धनगढी उपमहानगरपालिकाका १९ वटा वडाहरूमा १२ वटा वडाहरूमा जग्गाको नापजाँचको काम पूरा भएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रमा २ हजार तीन सय १२ बिघा जग्गाको नापजाँचको काम सकिएको छ। भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको २ हजार तीन सय १२ बिघा जग्गाको नापजाँच सकिएको हो।

धनगढी उपमहानगरपालिका जग्गाको लालपुर्जा वितरणको चरणमा पुगेको छ। तर, भूमि समस्या समाधान आयोको मापदण्डका कारण वितरणमा समस्या भएको छ। नगर प्रमुख गोपाल हमालले भूमि आयोगको सहरी क्षेत्रमा १३० वर्गमिटर अर्थात् सात दशमलव ६७ धुर मात्र जग्गा वितरण गर्ने मापदण्ड भएकाले समस्या भएको बताएका छन्। उनले भने, ‘हामीले २ हजार तीन सय १२ बिघा जग्गाको नापजाँच गरेका छौ। १२ वटा वडाहरूको काम सकिएको छ। अन्य वडाहरूको काम पनि हुँदैछ। तर, सहरी क्षेत्रमा साढे सात धुर मात्र जग्गा वितरण गर्ने मापदण्ड छ। हामीले आयोगलाई मापदण्ड सच्याउन भनेका छौ।’

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १२, १६ र १७ मा जग्गा नापजाँचको काम जारी रहेको छ। वडा नम्बर ८, १०, १४ र १८ का केही क्षेत्रमा मात्र जग्गा नापजाँचको काम बाँकी रहेको छ। धनगढी उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई जग्गा नापजाँचको पूर्ण अधिकार दिएको छ। प्राविधिक जनशक्तिहरूले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको जग्गा नापजाँचको काम गर्दै छन्। तर, उनीहरूले भोगचलन गर्दै आएको जग्गा धेरै र भूमि समस्या समाधान आयोगको मापदण्डमा सात दशमलव ६७ धुर मात्र जग्गाको लालपुर्जा दिन भनेकाले समस्या भएको हो।

नगर प्रमुख हमालले भूमि आयोगको मापदण्डले जग्गाको लालपुर्जा वितरण गर्न नसकिने बताएका छन्। उनले सहरी क्षेत्रमा एक व्यक्तिले बिघासम्म पनि जग्गाको भोगचलन गर्दै आएकाले जग्गा धनी पुर्जा वितरणमा समस्या हुने बताएका हुन। उनले भने, ‘आयोगका अध्यक्ष हरि रिजालसँग पनि यो कुरा भनेको छु। यो मापदण्डमा लालपुर्जा वितरण गर्न सकिदैन। सहरी क्षेत्रमा साढे सात धुर वितरण गर्ने भनिएको छ। बाँकी जग्गा खोसेर सुकुम्वासीलाई वितरण गर्न भनिएको छ। धनगढीमा बिघा÷बिघा जग्गा ओगटेकाहरू छन्। उहाँहरू जग्गा छोड्दैनन्। विद्रोह हुन्छ, हरि रिजाल, धनगढी आउदा पनि भनेको थियो। काठमाडौँ जाँदा पनि मैले भनेको छु।’

धनगढी उपमहानगरपालिकाले २४ जना प्राविधिक कर्मचारीहरूलाई आयोगले सुरुमा काम थाल्दा नै जग्गाको नापजाँचका लागि खटाएको थियो। भूमि समस्या समाधान आयोग, कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले एक करोड रुपैयाँ धनगढी उपमहानगरपालिकाले हालसम्म जग्गाको नापजाँचमा खर्च गरेको बताएका छन्। धनगढी उपमहानगरपालिका क्षेत्रमा भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गा धनी पुर्जा वितरणको चरणमा पुगेको भएपनि मापदण्डले समस्या गरेको बताएका हुन्।

उनले भने, ‘सहज भएको ठाउँबाट वितरण गर्ने भनेका छौ। नापजाँच र पुर्जा बनाउने तालिम पनि दिएका छौ। नयाँ प्राविधिकहरूलाई तालिम दिएका छौ। प्राविधिकहरूलाई २र३ दिनमा स्थानीय पालिकाहरूमा पठाउछौ। धनगढीको २ महिना भित्र नापजाँचको काम पूरा सकिन्छ।’ भूमि समस्या समाधान आयोगले सहरी क्षेत्रमा सात दशमलव ६७ धुर, सहर उन्मुख क्षेत्रमा तीन कट्‍ठा र कृषि क्षेत्रमा एक बिघा १० कट्टाको जग्गा वितरण गर्न मापदण्डमा भनेको छ। धनगढीमा सहरी क्षेत्र धेरै रहेकाले आयोगको मापदण्ड अनुसार जग्गाको पुर्जा वितरणमा समस्या भएको हो।

 

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.