• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र

धनगढी,२२ चैत /कञ्चनपुरमा यातायात व्यवसायीहरुले यातायातका साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरुले महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू ठप्प पारेका छन् । बस चालक मुकेश राज अवस्थीमाथि अन्याय हुने गरी एक न्यायाधीशले झुटा मुद्दा चलाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

जिल्ला अदालत पर्सामा कार्यरत बझाङका न्यायाधीश कमलकान्त जोशीले अनुचित रकम माग्न खोजेको र यातायात मजदुरलाई झुटा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै उनीहरूले शुक्रबार बिहानदेखि कञ्चनपुरमा यातायातका साधन ठप्प पारेका छन् ।

यातायात मजदुर संघ, स्वतन्त्र यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै गत माघ १९ गते सु।प्र।०२००१ ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र पछाडि सवार जोशी सामान्य घाइते भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनीहरू निशर्ग अस्पताल धनगढीमा उपचारपछि घर फर्किएका थिए । तर त्यसको केही दिनपछि न्यायाधीश रेग्मीले यातायात मजदुरमाथि दबाब दिँदै मोटो रकम मागेको गुनासो यातायात मजदुर संघले गरेका छन् ।

उपचार खर्च व्यहोरेका उनीहरूले उक्त रकम दिन नसकेपछि इलाका प्रहरी झलारीमा झुटा मुद्दा दर्ता गरी फसाउन खोजेको आरोप मजदुर संघको छ । यातायात मजदुर सङ्गठनहरूका अनुसार उपचारपछि डिस्चार्ज भइसकेका जोशीले पदको दुरुपयोग गरी इलाका प्रहरी कार्यालय झलारीमा अङ्गभङ्गको मुद्दा दर्ता गराएका छन् ।

प्रहरी प्रशासनले कुनै छानबिन नगरी मुद्दा अघि बढाएको र चालक अवस्थीलाई दुई महिनादेखि बिना कारण अनावश्यक हिरासतमा राखिएको आरोप मजदुर सङ्गठनहरूले लगाएका छन् । विज्ञप्तिमा अदालतमार्फत उनलाई कारागार चलान गराउन खोजिएको भन्दै कडा आपत्ति जनाइएको छ । सङ्गठनहरूले चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखेर मानसिक यातना दिइएको आरोप लगाउँदै उनको अविलम्ब रिहाइको माग गरेका छन् ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिँदै यातायात मजदुरहरुले शुक्रबारदेखि सम्पूर्ण यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्तिमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासंघ, समन्वय समिति, कञ्चनपुरले हस्ताक्षर गरेका छन् । यातायात मजदुरमाथि अन्याय भएको भन्दै यातायातका साधनहरू ठप्प पारेपछि यात्रुहरू गन्तव्यमा पुग्न नपाउँदा अलपत्र परेका छन् ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.