• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छाउगोठमा बसे सेवासुविधा रोकिने

धनगढी,२२ चैत /अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला महिलाले आफ्नै घरको कोठामा बस्नुपर्ने निर्णय सो पालिकाले गरेको छ । सो निर्णयलाई उल्लङ्घन गरी छाउगोठमा बसेमा गाउँपालिकाबाट दिइने सुविधा नदिने निर्णय गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

छाउ प्रथाका कारण यहाँका धेरै महिला बलात्कार हुनुका साथै जङ्गली जनावरको त्रास र आगलागीलगायतका घटनाले महिलाको ज्यान जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । महिला महिनावारी भएको बेलामा आफैँ छाउगोठमा बस्ने तथा उनीहरूलाई कोही कसैले पनि छाउगोठमा बस्न बाध्य बनायो भने उनीहरूलाई कारबाही गर्ने चौरपाटी गाउँपालिकाले जनाएको छ ।

छाउ प्रथा कुप्रथाका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्ने गरी गाउँपालिकाले यो निर्णय गर्ने चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले छाउ प्रथा उन्मूलन गर्ने उद्देश्यले यहाँका महिलाले छाउगोठमा बस्यो अर्थात् उनीहरूलाई महिनावारी भएको बेलामा कसैले छाउगोठमा बस्न बाध्य बनायो भने उहाँहरूले पालिकाबाट पाउँदै आएको सरकारी सेवा, सुविधा रोकिदिने निर्णय गरिने जानकारी दिनुभयो ।”

चौरपाटी गाउँपालिकामा छाउगोठमुक्त गर्ने गरेर अभियान सुरु गर्ने भएको छ । जसका लागि उपाध्यक्षको संयोजकत्वमा ११ जनाको समिति बनाइने अध्यक्ष साउदले बताउनुभयो । अछाम जिल्लाभर छाउप्रथा कायम रहेको छ । पहिले जस्तो नभए पनि अहिले केही गाउँबस्तीमा अझै छाउगोठ निर्माण हुने रहेका छन् ।

अछाममा कहाँ के कति छाउगोठ निर्माण भएका छन् त्यसको एक पटक पूरै अनुगमन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउ प्रथा कुप्रथा तथा सामाजिक अपराध भए पनि यहाँका धेरै गाउँबस्तीमा यो प्रथा कायम रहेको छ ।” महिला महिनावारी भएका बेला छाउगोठमा बास बस्दा विभिन्न समयमा गरेर १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख भण्डारीले बताउनुभयो ।

 

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.