• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘सांसदलाई भारतका मुख्यमन्त्रीसँग बैठक गर्ने अनुमति कसले दियो ?’

धनगढी,१८ चैत/ करिब तीन सातादेखि लगातार अवरुद्ध भइरहेको सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक पनि अवरुद्ध भएको छ । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसद विरोधमा उभिएपछि सभामुख भीमबहादुर भण्डारीले एकजना सांसदलाई बोल्न भनेका थिए ।

राप्रपा सांसद खेमादेवी बिष्टले भनाइ राखिन् । त्यस क्रममा उनले डेढ साताअघि सुदूरपश्चिम प्रदेशसभाका केही सांसद प्रदेशसभालाई जानकारी नै नदिई भारतको उत्तराखण्डमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएको र उत्तराखण्डका मुख्यमन्त्रीसँग बैठक पनि गरेको कुराप्रति आपत्ति जनाउँदै प्रदेशसभालाई लिखित जवाफ दिनुपर्ने माग गरिन् । उनले बिनाजानकारी सांसदलाई भारतका मुख्यमन्त्रीसँग बैठक गर्ने अनुमति कसले दियो रु भनी प्रश्न गरेकी थिइन् ।

अघिल्लो शुक्रबार भारतको उत्तराखण्ड प्रदेशको देहरादुनमा आयोजित इन्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको औपचारिक कार्यक्रममा सुदूरपश्चिमका पाँच सांसद सहभागी भएका थिए । सभामुख भण्डारीका अनुसार उनीहरु कसैले पनि प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिएनन् ।

पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, विधायन तथा प्रदेश मामिला समितिका सभापति एवं कांग्रेस सांसद दिवानसिंह बिष्ट, कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र सांसद मधु भारती, माओवादी केन्द्रकी सांसद जानकीदेवी कुँवर र एकीकृत समाजवादीका सांसद प्रकाश रावल उक्त औपचारिक कार्यक्रममा सहभागी हुन देहरादुन गएका थिए । त्यस क्रममा पूर्वमुख्यमन्त्री रावलबाहेक चारजना सांसदले कूटनीतिक मर्यादाविपरीत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीको निवासमा औपचारिक भेटघाट तथा छलफलसमेत गरेका थिए ।

सांसद बिष्टले शनिबार आर्थिक लेनदेनको आरोप लागेपछि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा राजीनामा दिएको विषय उप्काउँदै उनले मुख्यमन्त्री शाहतर्फ पनि नैतिक प्रश्न उब्जिएको बताइन् । सांसद बिष्टले मन्तव्य राखिसकेपछि पनि प्रतिपक्षी सांसदले विरोध जारी राखे । उनीहरुले खर्च बढाउने विभिन्न निर्णय गरेको बारे मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.