• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जातीय विभेद तथा छुवाछुत प्रथा कायमै

धनगढी,१८ चैत / बाजुरामा जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेको छ । यहाँका विभिन्न राजनीतिक दलले बाहिर छुवाछुत प्रथा हटेको भनिए पनि भित्री रूपमा कायमै रहको पाइन्छ । यहाँका विभिन्न गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेकाले दलित समुदायले सास्ती खेप्नु परेको छ । बाजुरामा रहेका सार्की, विक, लुहार, नेपाली, गन्धर्व, वादीलगायतका दलित समुदाय अहिले पनि सार्वजनिक स्थल मठमन्दिरमा समेत पूजापाठ वञ्चित हुँदै आएका छन् ।

यहाँको त्रिवेणी नगरपालिकामा रहेको बडीमालिका मन्दिरमा दलित समुदायले पूजा गर्न पाए पनि अन्य गाउँबस्तीका कुनै मन्दिरमा भने उनीहरूलाई उपल्लो जात अर्थात् बाहुन तथा पुजारीले वञ्चित गर्दै आएका छन् । त्यति मात्र होइन यहाँ दलित समुदायका युवकयुवतीले मठमन्दिरमा विवाह गर्न जाँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिरमा समेत यहाँको पुजारीले उनीहरूको विवाहसमेत नगरिदिएको मार्तडी–८ का दलित समुदायका युवकयुवती बताउँछन् ।

जिल्लामा कुप्रथाका रूपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्यका लागि यहाँका विभिन्न संस्थाले काम गर्दै आएको भए पनि न्यूनीकरण भने अझै हुन सकेको छैन । दलित समुदायलाई निजी तथा सार्वजनिक स्थलमा जातीय विभेद गरेकाले यसको उन्मूलन गर्नका लागि बाजुराका नौ वटै स्थानीय तहका दलित समुदाय तथा दलित नेटवर्कसमेत लागि परेका छन् ।

लामो समयदेखि कुप्रथाका रूपमा रहेको यो जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्नुको उल्टो यहाँका अधिकांश जनप्रतिनिधिबाट नै विभेद हुन थालेपछि उनीहरू यो प्रथालाई हटाउन लागि परेका हुन् । यहाँका कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिर प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । यहाँका नौ वटै स्थानीय तहमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका विभिन्न दलित जातजाति बसोबास गर्दै आएका छन् ।

यी जातजातिले पनि एक अर्कोलाई विभेद गर्दै आएका छन् । कामी, लुहार र सार्कीले नेपाली दमाईं वादीहरूको हातको पानी नखाने र नेपालीले गन्धर्व र भाँडको हातको पानी समेत चलाउँदैनन् ।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.