धनगढी,१६ चैत /सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नैतिकता र चरित्र हरेक ठाउँमा खरो रुपमा प्रस्तुत गर्नसक्नु पर्ने बताउनु भएको छ ।
प्रदेश सरकार र मन्त्रीका वारेमा बिवादित अडियो सामाजिक सज्यालमा सार्वजनिक भएपछि उहाँले सम्बन्धित मन्त्रीलाई पदबाट राजिनामा दिन निर्देशन दिएको तर्फ केन्द्रीत गर्दै “नैतिकता र चरित्र बेच्नु हुदैन” हरेक ठाउँमा खरो रुपमा आफुलाई प्रस्तुत गर्नसक्नु पर्ने बताउनु भएको हो ।
शनिबार अछाम सेवा समितिको २२ औं वार्षिक साधारण सभा तथा अबिधेशनको उद्घाटन गर्दै उहाँले आफु स्पष्ट र जिम्मेवार भए जनताको मन जित्न सकिने बताउनु भयो । बिवादित अडियो वाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई शनिबार पदबाट राजिनामा दिन निर्देशन दिनुभएको थियो ।