धनगढी, १५ चैत / नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसलाई भब्य सभ्य मनाउन छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीले दिवसलाई भब्य बनाउन बिभिन्न पत्रकार संगठनका उपलब्ध नेता तथा कार्यकर्तासंग आज धनगढीमा छलफल गरेको हो ।
यही चैत्र १६ गते पत्रकार महासंघको स्थापना दिवसलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न हामी छलफलमा जुटेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
आज हामीले धनगढीमा उपलब्ध संघ-संगठनका पत्रकार साथीहरु संग सुझाव लिएका छौ उनले भने भोली हामी राष्ट्र बैंक चोकबाट र्याली निकाल्छौ । र्याली पछि पत्रकार महासंघमा सबै पत्रकारको स्वास्थ्य परिक्षण पनि गरिने उनले बताए । महिला पत्रकारहरुकोे पाठेघर चेक जाँच गरिने उनले वताए । चियापन संगै सामान्य छलफल गरि खाना पछि छुट्रिने नेपाल पत्रकार महासंघ कैलालीका सह सचिब शंकर बोहराले जानकारी दिए ।