• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘वाटर एटिएम’ सहितको आधुनिक शौचालय

धनगढी,१० चैत / सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वाटर एटिएमसहितको सार्वजनिक शौचालय निर्माण गरिएको छ । सहरी क्षेत्रमा व्यवस्थित शौचालय नहुँदा भएको समस्यालाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिकाले विभिन्न स्थानमा छ वटा सार्वजनिक शौचालय निर्माण गरेको हो । दुई वटा शौचालयमा वाटर एटिएम पनि रहेको छ ।

शौचालय निर्माणको काम पूरा भएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर द्विजराज भट्टले जानकारी दिनुभयो । उहाँले धनगढी उपमहानगरपालिकाले निर्माण गरेको पाँच वटा शौचालय आउँदो वैशाखबाट सञ्चालनमा आउने उल्लेख गर्नुभयो । जिल्ला प्रशासन कार्यालयअगाडिको शौचालय भने जाइकाले निर्माण गरेको हो । त्यो शौचालय धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण हुन बाँकी रहेको छ । एउटा वाटर एटिएम जाइकाले निर्माण गरेको शौचालयमा राखिएको छ ।

बनेका शौचालय महिला, पुरुष, बालबालिका र अपाङ्गता भएका व्यक्तिले सजिलै प्रयोग गर्न सक्ने आधुनिक रहेको इन्जिनियर भट्टले बताउनुभयो । वाटर एटिएमबाट पानी पिउनका लागि सिक्काको व्यवस्था गर्ने कि भन्ने छलफल भइरहेको तर निर्णय नभएको जनाइएको छ । “वाटर एटिएममा जति रुपियाँको सिक्का हालिन्छ, त्यति रुपियाँ बराबरको मात्रै शुद्ध पिउने पानी आउँछ,” भट्टले भन्नुभयो, “सिक्का पाउने व्यवस्था शौचालयकै पसलमा गर्न सकिन्छ ।”

प्रदेशको मुख्य आर्थिक केन्द्र भएका कारणले धनगढीमा मान्छेको आउजाउ बढिरहने गरेको छ तर सार्वजनिक स्थलमा सार्वजनिक शौचालय नहुँदा मान्छेले समस्या भोग्दै आएका छन् । बनेका आधुनिक शौचालय प्रयोगमा आएपछि सहज हुने जनाइएको छ ।

एक करोड ३८ लाख रुपियाँ लगानीमा छ वटा आधुनिक शौचालय निर्माण भएको जनाइएको छ । एउटा शौचालयको लागत योजना ३० देखि ३५ लाखको भए पनि ठेक्कामा जाँदा २३ लाख रुपियाँमा बनेको इन्जिनियर भट्टले बताउनुभयो ।

आइतबार, चैत १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.