• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

देवताको डरले छाउगोठमा बस्न थाले महिला

धनगढी,१० चैत / बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।

पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामीझाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन डर त्रास देखाउँदै गएपछि छाउप्रथाले निरन्तरता पाएको हो । केही समय पहिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरेको झन्डै पाँच हजार २११ वटा छाउगोठ भत्काइएको थियो । छाउगोठ भत्किएपछि महिलाहरू आफ्नै घरमा बस्न थालेका थिए । अहिले अभियान बिस्तारै सेलाउँदै गएपछि यहाँका महिला देउताको डरले फेरि छाउगोठमा बस्न थालेका छन् ।

अघिपछि जस्तै महिनावारी भएको बेला पनि घरमै सुत्ने चाहना छ तर के गर्ने यहाँका बुढापाखा तथा धामीझाँक्रीले देवताको डर देखाएर रिसाउने गरेपछि छाउगोठमा सुत्न थालेको बुढीगङ्गा नगरपालिका–८ कि ९नाम परिवर्तन० पार्वती थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएको बेलामा छाउगोठमा सुत्ने गरेकाले चिसोमा बिरामी हुने गरेको छु तर समाजका अगुवा नै यो प्रथाका नाइके भएपछि रोगभन्दा पनि देवताको डर ठुलो भएको छ ।”

अहिले पनि म महिनाको एक पटक अनिवार्य महिनावारी हुन्छु । त्यो महिनावारी भएको बेलामा मलाई मेरा घरकाले भित्र सुत्न नदिएपछि पाँच दिनसम्म छाउगोठमा सुत्ने गरेको थापाले बताउनुभयो । यो व्यथा केवल पार्वती थापाको मात्र होइन, यहाँका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह, बुढीनन्दा, जगन्नाथ, हिमाली, गौमूल र स्वामीकार्तिकलगायतका अन्य स्थानीय तहका महिलाको पनि हो । पुरानो पुस्ताको चलन नयाँ पुस्ताले पनि अँगाल्दै गएपछि यो प्रथा कायम रहेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष २०७६र७७ मा बडीमालिका नगरपालिका भित्रका पाँच वडालाई छाउगोठ मुक्त वडा घोषणा गरेको थियो । बिचमा कोरोनाको कहरका कारण यो अभियान सुत्त बन्यो ।

अहिले बडीमालिका नगरपालिकाका घाँगर, पिनालेख, जुगाडा, रजातोली, मार्तडीलगायत चार वडामा यो अभियान सफल हुन नसकेपछि यहाँका महिलालाई विभिन्न चेतनामूलक अभियान सुरु गर्दै आएका छन् । गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेपछि केही महिनाअघि बडीमालिका नगरपालिकाले पुनः छाउगोठ तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरेको छ । छाउप्रथाका कारण छाउगोठमा आगलागी हुँदा २०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैनको अगाउँपानीमा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुराका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । पछिल्लो छाउगोठ बनाएर बस्न थालेपछि स्थानीय तहले पुनः अभियान थालिएको हो । यहाँका सबै वडामा छाउगोठ मुक्त टोल घोषणा गर्ने तयारी रहेको बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो ।

आइतबार, चैत १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.