धनगढी, ९ चैत / दार्चुलामा शैल्यशिखर नगरपालिकाका २ का स्थानीय समाजसेवी युवा पुष्कर भट्ट अभिभावकविहीन बालबालिकाको लागि राहत लिएर घरमै पुगेका छन्। समाजिक भावनाले ओतप्रोत भएका भट्टले अभिभावकविहीन अनाथ बालबालिकाको लागि आफूले सक्ने सानो राहत घरमै पुगेर प्रदान गरेका छन्।
दार्चुलाको शैल्यशिखर नगरपालिका- २ ओभरी स्थित महर परिवारका आमाबुवा विहीन बालबालिकाको लागि पुष्कर भट्टले आफ्नो तर्फबाट केही खानेकुरा प्रदान गरेका हुन्।
अहिले यी बालबालिकाहरूका आमाबुवा दुवै जनाले यो संसार छोडि सकेका छन। ६ महिना अगाडि विरामी हुँदा उपचार खर्चको अभावमा आमा र बुवाको २ महिनाको अन्तरमा मृत्यु भएको थियो।
अहिले उनीहरू गाउँले छिमेकीहरूको साहारामा जीवन यापन गरीरहेका भए पनि स्थानीय सरकारले भने खासै चाँसो दिएको छैन्।
सामाज सेवी युवा भट्टले आफूले सक्ने सहयोग गरेपछि अरुलाई पनि यी अनाथ बालबालिकाहरूको लागि सहयोग गर्न समेत अपिल गरेका छन्।