• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पत्रकार माथि कुटपिटको घटना: महासंघद्वारा दोषीलाई कारबाहीको माग

सुखड, ८ चैत/ समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुुखड पुगेर घटनाबारे जानकारी लिएको हो । सुखडमा हाइवे क्षेत्रका पत्रकारहरुसंग समेत नेपाल पत्रकार महासंघ कैलाली शाखाले छलफल गरेको छ । छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनुपर्ने बताए ।

“समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ ।” नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथी कुुटपिट हुनु दुखद घटना भएको बताउनुभयो । “समाचारमा विमती भए कानुुनी प्रकृयामा जाने बाटो खुला हुँदाहुँदै पत्रकारमाथी भौतिक आक्रमणमा उत्रिनु गलत हो“ देउवाले भने, ”पत्रकार माथी आक्रमण गर्नेलाई कानुनी कठघरमा उभ्याउनु जरुरी छ ।”

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य भिमबहादुर चौधरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूूरेका साथै मसुरिया, पहलमानपुर, सुखड, बौनिया, जोशीपुरका पत्रकारहरुको छलफलमा सहभागिता रहेको नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य बिरेन्द्र शाहले जानकारी दिएका छन् ।

धनगढीबाट प्रकाशित अनुमोदन दैनिकमा चैत ४ गते मिश्रको बाइलाइलनमा कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारलाई लिएर घोडाघोडीमा रहेको ओजुवा क्याफेका संचालक डबलबहादुर शाह र पहलमानपुरमा रहेको सिर्जना होटेलका संचालक चेतबहादुर सिंहले घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा कुटपिट गरेको पीडित पत्रकार मिश्रले महासंघलाई जानकारी गराएका थिए ।

पत्रकार मिश्रले इलाका प्रहरी कार्यालय सुखडमा किटानी जाहेरी दिएका छन् भने पिडक डबलबहादुर शाह प्रहरी थुनामा रहेका छन् भने चेतबहादुर सिंह फरार रहेका छन् ।

शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.