• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो : प्रदेश प्रमुख मियाँ

धनगढी, ८ चैत /  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व रहेको बताएका छन् ।

खखडेहरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्दै उनले यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिएको बताएका छन् ।

‘रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो। यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिन्छ।’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले पर्वले राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै पुरानो पुस्ताबाट नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ ।

‘सामाजिक सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता का माध्यमबाट राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउँदै आगामी दिनमा निरन्तरता दिनका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताको नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न आवश्यक छ ।’

उनले खडखडेहरा पर्व २०८१ ले सबै नेपालीजनमा नयाँ उत्साह सुख समृद्धि र उमङ्ग छर्दै न्यायपूर्ण सभ्य सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पनि कामना गरेका छन्। पश्चिम तराइका आदिवासी राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खख्डेहरा मनाइन्छ ।

राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ। नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बसोबास गर्ने राना थारु समुदायले एकैनास यो पर्व मनाउने गर्छन्।

 

शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.