• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घोडाघोडी सिमली जंगलमा पछिल्लो दुई सातादेखि विदेशी नागरिकको जमघट

कैलाली, ६ फागुन / कैलालीको घोडाघोडी नगरपालिका–९, सिमली जंगलमा पछिल्लो दुई सातादेखि रहस्यमय गतिविधि भइरहेका छन् । स्थानीय बासिन्दाका अनुसार, ‘रेन्बो ग्यादरिङ्ग’ नामको समूहले सिमली जंगलमा करिब सत्तरी जना विदेशी नागरिकलाई साथमा लिएर टेन्ट गाडेर बसेका छन् ।

स्थानीयहरूले यस समूहको गतिविधि शंकास्पद रहेको बताउँदै आएका छन् । उनीहरूका अनुसार, ती विदेशी नागरिकहरूले बाहिरी व्यक्तिहरूलाई आफूहरूको क्षेत्रमा प्रवेश गर्न दिँदैनन्, मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन्, गाँजा सेवन गरिरहेका छन् र निर्वस्त्र भएर नाचगान लगायतका गतिविधि गरिरहेका छन् । घोडाघोडीको ओजुवा क्याफेका संचालक डबल शाहले उक्त विदेशी नागरिकहरुको समुहलाई सहजिकरण गरिरहेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, ती विदेशी नागरिकहरू दिनभर जंगलमा विभिन्न गतिविधिमा संलग्न रहन्छन् । उनीहरू बसिरहेको जंगल क्षेत्रमा ःमोबाइल फोनको प्रयोगमा पूर्ण रोक लगाइएको छ । उनीहरु गाँजा सेवन र अन्य लागूऔषधको प्रयोग गर्दै निर्वस्त्र भएर नाचगान तथा विभिन्न अनौठा गतिविधिहरू गरिरहेका हुन्छन् । यसकिसिमका क्रियाकलापले स्थानिय समुदायका नागरिकहरु रनभुल्लमा छन् ।

विदेशी नागरिहरुलाई सहजीकरण तथा यी गतिविधीका लागि वातावरण बनाइरहेका रेन्वो फेमिलिका स्थानीय सम्पर्क ब्यक्ति डवल शाहले यो अनलाइनबाट तय हुने अनौपचारिक जमघट भएको बताए । उनले आफुहरुले लिखित रुपमा कतै बाट अनुमती नलिएपनि जानकारी गराएको जिकिर गरे ।

घोडाघोडी नगरपालिका क्षेत्रमा पर्ने जंगलमा भैरहेको गतिविधीलाई आफुहरुले अनुमती नदिएको नगरपालिकाका प्रमुख खडक रावतले बताए । उक्त समुह त्यहा आएर बसिसके पछीे भने जानकारी आफुहरुलाई आएको नगर प्रमुख रावतले बताए । अनुमति लिनुपर्ने निकायबाट अनुमती लिएरै नेपाल प्रवेश गरेको अनुमान आफुहरुले गरेको प्रमुख रावतको धारणा छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख गोगनबहादुर हमालले भने, हामीले यस घटनालाई गम्भीर रूपमा लिएका छौ ं। यदि कानुन उल्लंघन भएको पाइएमा तुरुन्त कानुनी कारबाही गरिनेछ ।’ प्रमुख जिल्ला अधिकारी हमालले बिदेशी नागरिहरु गलत मनसायले वा गैर कानुनी ढंगले प्रवेश गरी गैर कानुनी क्रियाकलापमा सहभागी भएको पाइएमा नेपालको कानुन अनुसार अध्यागमन विभागले समेत ती विदेशी नागरिकहरूको भिसा स्टेटस जाँच गर्ने उनीहरूले पर्यटक भिसाको दुरुपयोग गरेको पाइएमा, उनीहरूलाई नेपालबाट निष्कासन गर्न सकिने कानुन भएकोले सोही अनुसार हुने बताए ।

ईलाका प्रहरी कार्यलय सुखड कैलालीका प्रहरी प्रमुखका अनुसार, सिमली जंगलमा रहेका विदेशी नागरिकहरूको गतिविधिबारे जानकारी संकलन भइरहेको छ ।

रेन्बो ग्यादरिङ्ग के हो ?
रेन्बो ग्यादरिङ्ग विश्वभर नै चर्चित एक अनौपचारिक समुदाय हो, जसले ‘प्राकृतिक जीवनशैली’ अपनाउने नाममा जंगल, पहाड वा अन्य दुर्गम क्षेत्रमा भेला हुने गर्छ । उनीहरू प्रकृतिसँग सामिप्यता बढाउने, स्वतन्त्रता मनाउने, आध्यात्मिक ध्यान गर्ने र कुनै निश्चित नियमबिना खुला रूपमा बस्ने गर्छन् । तर, विभिन्न देशमा रेन्बो ग्यादरिङ्गका नाममा लागूऔषधको प्रयोग, सार्वजनिक मर्यादाविरुद्धका गतिविधि, जंगली क्षेत्रको दोहन जस्ता कारणले विवाद उत्पन्न हुने गरेको छ ।

कानुनी पक्षः नेपालमा यस्तो गतिविधि वैध छ कि अवैध ? नेपालको प्रचलित कानुनअनुसार, निम्न कानुनी धाराहरू उल्लंघन भएको देखिन्छः
लागूऔषध नियन्त्रण ऐन, २०३३ नेपालमा गाँजा (क्यानाबिस) लगायतका लागूऔषध उत्पादन, बिक्री, र सेवन पूर्ण रूपमा गैरकानुनी छ । ती विदेशीहरूले गाँजा सेवन गरिरहेका छन् भने, उनीहरूलाई लागूऔषध दुरुपयोगको कसूरमा कारबाही हुन सक्छ ।

सार्वजनिक मर्यादा तथा शिष्टाचार ऐन, २०१७ नेपालमा सार्वजनिक रूपमा निर्वस्त्र हुनु, अश्लील गतिविधि गर्नु, वा समाजमा अशान्ति सिर्जना गर्नु दण्डनीय अपराध हो ।

विदेशी नागरिक ऐन, २०१६ नेपालमा कुनै पनि विदेशी नागरिकले प्रशासनको स्वीकृति बिना ठूलो भेला वा कार्यक्रम सञ्चालन गर्न पाउँदैन । कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुख गोगन हमालका अनुसार, उक्त कार्यक्रमका लागि कुनै आधिकारिक अनुमति लिइएको छैन ।

नेपालमा विदेशी नागरिकहरूले कुनै पनि गतिविधि गर्नुअघि स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूबाट अनुमति लिनुपर्छ । तर, रेन्बो ग्यादरिङ्गका नाममा सिमली जंगलमा भइरहेको गतिविधिले नेपालको कानुन उल्लंघन गरेको देखिन्छ ।

यस विषयमा तत्काल प्रशासनले कारबाही नगरेमा, स्थानीय समुदायको सुरक्षामा गम्भीर असर पर्ने सम्भावना छ। स्थानीय नागरिकहरूको मागअनुसार, सम्बन्धित निकायहरूले तुरुन्त छानबिन गरी आवश्यक कानुनी कदम चाल्न जरुरी देखिन्छ ।

बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.