• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सडकले फेरियो स्वराडको मुहार

धनगढी,४ चैत । पाटन–पञ्चेश्वर सडक कालोपत्रे हुँदा भारतसँग सीमा जोडिएका तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको मुहार फेरिन थालेको छ । आठ वर्षअघि खच्चडमा नुन, चामल ढुवानी हुने तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले मोटरगाडी गुड्न थालेका छन् ।

सरकारले पाटन–पञ्चेश्वर सडक निर्माणसँगै कालोपत्रेलाई प्राथमिकता दिएपछि तल्लो स्वराड क्षेत्रको पञ्चेश्वरबाट अहिले तराईका जिल्लामा बस चल्न थालेका छन् । आठ वर्षअघिका दिन सम्झिँदै मेलौलीका स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल नेपाली भएको अनुभूति सुनाउनुभयो । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।

अहिले मोटरगाडीले पाँच रुपियाँ प्रतिकिलो उपभोग्यका वस्तु ढुवानी गर्दा खाद्यान्न सस्तो भएको छ । पहिले घोडेटो बाटो नभएका स्थानमा मानिसद्वारा ढुवानी हुने वस्तुको भाडा प्रतिकिलो २४ रुपियाँसम्म तिर्नुपर्ने बाध्यता थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवन फेरिएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो । सडक पुगेपछि अहिले तीन÷चार घण्टामा पुगिन्छ ।” सडक विस्तार भएपछि अहिले प्रदेश राजधानीबाट पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको उहाँले बताउनुभयो ।

सडकमा बाउन्न करोड खर्च

पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्डको मेलौली नगरपालिकासम्म ३७ किलोमिटर कालोपत्रे भइसकेको छ । मेलौलीदेखि अगाडि शिवनाथ गाउँपालिकाको सुल्लेखान हुँदै पञ्चेश्वर गाउँपालिकासम्म ग्राभेल, नाली निर्माणको काम सम्पन्न भएर कालोपत्रेको तयारी भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले बताउनुभयो । उहाँले पाटन–पञ्चेश्वर सडकखण्डमा चालु आर्थिक वर्ष २०८०र८१ मा छ करोड रुपियाँ बजेट रहेको जानकारी दिनुभयो ।

स्वराडको तरकारी धनगढीमा

सडक पुगेपछि सुपथ मूल्यमा चामल खान पाएको स्थानीय किसान चिन्तामणि भट्टले बताउनुभयो । यसअघि सामान्य खेती किसानी गर्दै आएका चिन्तामणि अहिले यहाँका अग्रणी तरकारी खेती गर्ने किसान बन्नुभएको छ ।

सडक पुगेपछि यो सिजनमा तीन क्विन्टल स्थानीय जातको प्याज र एक क्विन्टल गोलभेँडालगायतको तरकारी धनगढी जाने गाडीले लगेको उहाँले बताउनुभयो । उहाँले अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । यहाँका मेलौली र शिवनाथका किसानले फलाएको टमाटर धनगढीमा बिक्री भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । पाटन–पञ्चेश्वर सडक स्तरोन्नति भएपछि मेलौली नगरपालिकाको लामालेक, मेलौली र काँडाबजार जिल्ला सदरमुकामकै हाराहारीको स्वरूपमा विकास भएको छ । मेलौलीसँगै शिवनाथको सुल्लेखान, पञ्चेश्वरको कुलाउ र आमचौरामा बजारसँगै बिजुली पनि विस्तार भएको छ । यो वर्ष मेलौली नगरपालिकाका सबै वडामा विद्युत् विस्तार हुने गरी टेन्डर आह्वान भएको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो ।

सोमबार, चैत ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.