चितवन, ३ चैत / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन बागमती प्रदेशको चितवन जिल्लाको भरतपुरमा सञ्चालन भैरहेको छ। चैत २ गतेबाट सञ्चालन भएको अधिवेशनमा राष्ट्रिय अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित गरिसकेको छ भने अधिवेशनमै प्रदेशको पाँचौं अधिवेशन समेत सम्पन्न भएको छ।
प्रदेशको पाँचौं अधिवेशनबाट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा निवर्तमान उपाध्यक्ष आत्मराम खतिवडा र प्रदेश सचिवमा निवर्तमान सह-सचिव श्याम भक्त भाटको नेतृत्वमा अगामी १ बर्षको लागि कार्यसमिति निर्वाचित भएको छ।
यसै गरी अन्य प्रदेशले पनि नयाँ पदाधिकारी निर्वाचित गरेको छ ।
चैत २ गते बाट सुरु भएको अधिवेशन ४ गते नयाँ पदाधिकारीको घोषणासँगै समापन हुने छ ।