• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको फूलबारीमा प्रदेशकै ठुलो गुम्बा निर्माण गरिँदै

धनगढी, १६ माघ / कैलालीको फूलबारीमा प्रदेशकै नमुना एवं ठुलो गुम्बा निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१४ मा दोर्जे टाँसी छोलिङ गुम्बा बनाउन लागिएको हो । फूलबारी क्षेत्रमा धेरै बौद्ध धर्मावलम्बीको बसोबास रहेको छ । फूलबारीस्थित एच गाउँमा २०४६ सालमै सानो दोर्जे टाँसी छोलिङ गुम्बा निर्माण भए पनि त्यो अत्यन्त पुरानो र जीर्ण भएकाले त्यही नाउँमा ठुलो गुम्बा निर्माण गरिरहेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गोलेले बताए ।

उनले करिब ६० लाख रुपियाँ लगानीमा निर्माण भइरहेको दुईतले गुम्बामा केही राज्यको र अधिकांश स्थानीयकै लगानी रहेको पनि बताए । उनले भने, “हामीले गाउँ र देशविदेशबाट चन्दा सङ्कलन गरेर प्रदेशकै नमुना गुम्बा बनाइरहेका छौँ । गुम्बा निर्माण र त्यसमा कलात्मक बुट्टा, चित्र बनाउने कार्य पनि यहाँका स्थानीय युवाले गरिरहेका छन् ।”

उनका अनुसार गुम्बा पुनर्निर्माणका लागि धनगढी उपमहानगरपालिकाले नौ लाख रुपियाँ बजेट सहयोग गरेको छ । यसै गरी एक लाख रुपियाँ उपभोक्ता समितिले बेहोर्ने गरी हाल कुल १० लाख रुपियाँ लगानीमा पुनर्निर्माणको काम भइरहेको छ । यसअघि पूर्वप्रतिनिधि सभा सदस्य पुस्करनाथ ओझाको सांसद विकास कोषबाट करिब नौ लाख रुपियाँ उपलब्ध भएपछि भुइँतला निर्माणको काम गरिएको थियो ।

सरकारबाट प्राप्त बजेट र धेरै जसो चन्दा सङ्कलनबाट उठेको रकम लगानी गरेर गुम्बा निर्माणलाई अन्तिममा पुर्‍याएको अध्यक्ष गोलेले बताए। गुम्बाको भुइँतलालाई सभाहलका रूपमा प्रयोग गर्ने जनाइएको छ । यसै गरी माथिल्लो तलालाई पूजा स्थल बनाइएको छ । पूजा स्थलमा बौद्धमार्गीका सांस्कृतिक कुरा लेख्नुका साथै चित्र बनाइएका छन् । यस्ता कलात्मक चित्र बनाउँदा पूजा स्थल राम्रो देखिने गरेको गुम्बाका लामा थोप्पा लामाले बताए । यो गुम्बामा फूलबारी क्षेत्रभरिकै बौद्धमार्गी आउने गरेको उनको भनाइ छ ।

बुधबार, माघ १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.