• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अभियानले पनि हटेन छाउप्रथा

धनगढी,१४ माघ । बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ । यहाँका महिला महिनावारी भएका बेला धामीझाँक्री तथा देवता रिसाउँछन् भन्दै अहिले पनि छाउगोठमा सुत्न बाध्य छन् । महिनावारी भएको बेला महिलालाई यहाँका धामीझाँक्री तथा स्थानीयले घरमा बास गर्दा देवता रिसाउने तथा घरमा नराम्रो हुने गरेको भन्ने डर देखाउँदै आएकाले उनीहरू घरभन्दा टाढा चिसो गोठमा सुत्न बाध्य हुने गरेका छन् ।

महिनावारी भएपछि घर बस्न त के गाउँमा रहेका मठमन्दिरनजिकको बाटोमा आउजाउ गर्नसमेत रोकावट गर्ने गरेको बुढीगङ्गा नगरपालिका–१०, तिमाडाकी स्थानीय राधिका विक (नाम परिवर्तन) ले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठमा बस्नु हुँदैन भनेर स्थानीय तहले विभिन्न गाउँटोलमा जनचेतनामूलक सन्देश दिँदै आएका छन् तर त्यसको कुनै सुनुवाइ नै भएको छैन ।”

छाउप्रथा अन्त्यका लागि स्थानीय सरकारले घरदैलो अभियानसमेत गरेका थिए तर स्थानीयको बोलीमा छाउप्रथा हटेको भए पनि व्यवहारमा भने उस्तै रहेको विकले बताउनुभयो । सबैभन्दा बढी बुढीगङ्गा नगरपालिका–१० को सेलापाखा, बदेडा, तिमाडा, झाली, नुवाकोट, सिगाडालगायतका गाउँबस्तीमा छाउप्रथा कायमै छ ।

यहाँका स्थानीय तहले छाउप्रथा अन्त्य गर्नका लागि लाखौँ रुपियाँ खर्च गरेर पनि यो अन्त्य भएको छैन । यहाँका महिला महिनावारी हुँदा राम्रो ठाउँमा सुत्न, मिठो खान, दुध, दही, महीसमेत खान पाउँदैनन् । दुहुनो गाईभैँसीलाई छुन दिँदैनन् । छोयो भने सुनपानी छर्केर गाईभैँसीलाई चोख्याउने प्रचलन कायमै छ ।

२०७६ मा बुढीनन्दा नगरपालिका–९, पान्डुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो । त्यसपछि छाउप्रथा ‘कुप्रथा’ हो भन्दै बाजुराका विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो अभियानले बाजुराका नौ वटै स्थानीय तहका ५११ वटा छाउगोठ भत्काएको थियो । यता गोठ भत्किए पनि यहाँका स्थानीयको व्यवहारमा भने छाउप्रथा कायम रहँदै गएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कैयौँ दिदीबहिनी बलात्कृत भएका छन् । धेरैको जीवन बर्बाद भयो तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकालाई समेत दुःख भोग्नुपरेको हो ।

धेरै पटक कार्यक्रम गर्नु पर्छ भनेर नगरपालिकामा प्रस्ताव राख्दै आएको बताउँदै बुढीनन्दा नगरपालिका महिला शाखा प्रमुख गङ्गा गिरीले भन्नुभयो, “अहिलेसम्म त्यसको कुनै किसिमको सुनुवाइ भएको छैन । केही वर्ष पहिला भत्काइएका छाउगोठ धमाधम पुनर्निर्माण गरिन थालिएको छ । स्थानीयको मानसिकतामा परिवर्तन ल्याउन नसकिएसम्म छाउप्रथा हट्न सक्दैन ।”

सोमबार, माघ १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.