• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतीय भू.पू. सैनिक संघले ७६औं गणतन्त्र दिवसमा   शुभकामना आदान प्रदान कार्यक्रम गर्यो

कञ्चनपुर १३ माघब /   छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस धुमधामका साथ मनाएको छ। भारतलाई कर्मथलो बनाएका नेपाली भारतीय भुपु सैनिकले भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् ।

गणतन्त्र दिवस मनाउनुको मुख्य उद्देश्य सन् १९५० जनवरी २६ मा २ वर्ष ११ महिना १८ दिन लगाएर बनेको संविधान कार्यान्वयन भई भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेको त्यो क्षण लाई स्मरण गर्दै प्रत्येक वर्ष २६ जनवरीको दिन भारत बर्षमा धुमधामका साथ गणतन्त्र दिवस मनाउदै आईरहेको छ।

उक्त अवसरमा कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास मा पनि भारतीय सेना बाट अवकाश पाएका भारतीय भू.पू. सैनिक संघ नेपाल क्षेत्रिय कार्य समितिले २६ जनवरी २०२५का दिन भारतीय भू.पू. सैनिकहरुको भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजन गरिएको थियो।

पुनर्वास न्यू सम्राट रेष्टुरेन्ट्नको सभाहलमा सञ्चालन भएको , शुभकामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै भारतीय सेनाका सुबेदार खेमबहादुर मगरले गोर्खा सैनिकको भूमिका प्राचीनकालदेखि नै साहस, अनुशासन, निष्ठावान् सेवाका लागि प्रख्यात रहेको बताउनुभयो । उहाँले भारत सरकार अनि भारतीय सेनाको पालो अब निबृत्त जिवन बिताइरहेका भुपु सैनिक र उनको परिवारको हेरविचार गर्ने, अनि तपाईं हाम्रो सुखदुखमा साथ दिने हो । तसर्थ कार्यक्रममा यसरीनै सहाभागिता जनाउन आग्रह गर्दै उपस्थित सम्पुर्णमा स्वागत गर्नुभएको थियो।

कार्यक्रमको अवसरमा अतिथिको आसनबाट बोल्नुहुँदै क्यपटेन जिन बहादुर तामाङ ले भारतीय संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर्ने सबै महान् व्यक्तित्वहरू लगायत आफ्नो जिम्मेवारी निभाउने क्रममा जिवनको आहुति दिने बिर योद्धाहरूलाई हामी सलाम गर्दछौं,’ भन्दै सम्पुर्णमा शुभकामना सन्देश ब्यक्त गर्नुभयो । उहाँले नेपालको विकासमा भारतीय भूपूहरुले पनि राम्रो भूमिका निभाएको छ । यो धेरै नै खुसी को कुरा हो। पल्टनमा सिकेको सिप अनि तपाईं हामी सँग भएको अन्य सिप देश विकासमा लगाउनु तपाईं हाम्रो कर्तब्य हो। तसर्थ निबृत्त जिवन बिताइरहेका सम्पुर्ण सेना र तिनका परिवारहरू बिच भेटघाट र पारस्परिक सम्बन्ध बनाइराख्नु पर्ने बताउनु भयाे।

यसैगरी गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै क्यपटेन ओम बहादुर रानामगरले देशको लागि कर्तब्य पालनको सिलसिलामा आफ्नो जीवन अर्पण गर्ने महान ती सेनानीहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतको संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वलाई सम्झिँदै हार्दिक अभिवादन सहित बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।। उहाँले भारतीय गोर्खा सैनिकले भारतमा आइपरेको विभिन्न लडाइँमा मात्र नभएर, हरेक विपत्मा अहम् भूमिका खेलेको भन्दै गोर्खा सैनिकको योगदान अतुलनीय रहेको बताउनुभयो ।

भु.पू. सैनिक संघ नेपाल क्षेत्रिय कार्य समितिका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङले भारतमा हाल २२ हजार गोर्खा सैनिक गोर्खा पल्टनमा सेवा गरिरहेको र नेपालमा १ लाख २२ हजार गोर्खाली भूपू अनि उनीहरुको परिवारले पेन्सन लिइरहेको जानकारी दिँदै बैंकबाट सहज र सरल तरिकाले पेन्सन लिन बैंकहरुसँग बेलाबेलामा छलफल भैरहेको जानकारी दिनुभयो। उहाँले निकट समयमा भूपू सैनिक र उनका परिवारका लागि बृहत् निशुल्क स्वास्थ्य जाँच को शिविर संचालन गरिने र दिर्घा रोगी उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा गोर्खा सैनिक र तिनको परिवारले उपचारको सुविधा लिन सक्ने ब्यवस्था मिलाई रहेको बताउनुभयो।

कञ्चनपुरको दक्षिणी भेग स्थित क्षेत्र नम्बर १ का भुपु सैनिक परिवारहरुको सहभागीता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रम सुबेदार मेजर मान बहादुर तामाङको सभाध्यक्ष र क्याप्टेन ओमबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रम सुबेदार खेमबहादुर मगरको स्वागत मन्तव्य र हवल्दार जित बहादुर तामाङले सञ्चालन गर्नुभएको थियो।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.