धनगढी, १३ माघ / अछाममा दुई जना किशोरी मृत अवस्थामा भेटिएका छन् । जिल्लाको ढकारी गाउँपालिका-८ पलसातामा १४ वर्षीय ईश्वरा खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले बाख्रा चराउन गोठालो गएका उनीहरू हराएको खबरअनुसार खोजी गर्ने क्रममा मृत भेटिएको बताए ।
उनकाअनुसार दुवै जनाको शव भिरमुनी भेटिएपनि घटना शंकास्पद रहेको छ । दुवैको शव १५/२० मिटरको फरकमा भेटिएको छ ।
अहिले नेपालगञ्जबाट तालिमप्राप्त कुकुर बोलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
