• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा महिला नेतृत्व विकासमा केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यशाला सम्पन्न

धनगढी,११ माघ । धनगढीमा आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत महिला नेतृत्व विकासमा आधारित दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। एमरेड परियोजना अन्तर्गत मर्सिकोर, एमरेड र सिसिएसको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यशालामा कैलाली र कञ्चनपुरका सामुदायिक विपद् व्यवस्थापन समिति र कार्यदलका ३४ जना प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा मर्सिकोरका प्रतिनिधि सन्देश पनेरु, लक्ष्मी अवस्थित, संगीता अधिकारी, सिसिएसमा कार्यरत भावना भट्ट, र कार्यक्रम संयोजक मणिराज पाण्डेले महिलाहरूको नेतृत्व विकास, विपद् जोखिम न्यूनीकरण, र चुनौतीहरूबारे प्रस्तुति दिएका थिए।

कार्यशालाको मुख्य उद्देश्य महिलाहरूलाई नेतृत्व क्षमतामा सुदृढता ल्याउँदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रक्रियामा सक्रिय र आत्मविश्वासपूर्ण भूमिका खेल्न सक्षम बनाउनु थियो। साथै, उनीहरूलाई अनुभव र राम्रो अभ्यासहरू साझा गर्न अवसर प्रदान गर्दै सहकार्य र आपसी सिकाइ प्रवद्र्धन गर्नु कार्यशालाको अर्को महत्वपूर्ण पक्ष थियो।

कार्यक्रममा सहभागी महिलाहरूले यस्ता कार्यशालाले आफूहरूलाई बोल्ने र नेतृत्व गर्न सक्षम बनाएको अनुभव बाडेका थिए। उनीहरूले आफ्नो पहिचान निर्माण, आत्मविश्वासको विकास, र सामुदायिक काममा अगुवाइ गर्न प्रेरणा मिलेको बताए।

यद्यपि, घरायसी काम, परिवारको दबाब, आर्थिक स्रोतको कमी, र अन्य चुनौतीहरूसँग सामना गर्नु परेको उनीहरूले बताउका थिए। यस्ता कठिनाइहरूका बीच पनि कार्यक्रमले नेतृत्व क्षमतालाई बलियो बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो।

सिसिएसका कार्यक्रम संयोजक मणिराज पाण्डेले महिलाहरूको नेतृत्व क्षमतामा निखारता ल्याउन यस्ता कार्यशाला प्रभावकारी हुने बताए। उनले भने “विपद्का समयमा समस्या समाधान गर्न महिला नेतृत्व अझ प्रभावकारी हुने विश्वास छ।”

कार्यक्रममा विपद् व्यवस्थापन, समाधानका उपायहरू, र महिला नेतृत्वको महत्वबारे व्यापक छलफल भएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले महिलालाई समुदायको नेतृत्व लिन सशक्त बनाउने विश्वास व्यक्त गरे।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.