लवदेब धामी
समयले कोल्टे फेरे सँगै अब पत्रकार र पत्रकारिता पनि फेरिएको छ । पत्रकारको पहिला भन्दा अहिलेको कर्म अर्थात् पत्रकारितामा ब्यापक परिवर्तन आएको यहाँहरुलाई अवगत नै छ । पत्रकारिता क्षेत्रको परिवर्तनसँगै चुनौति पनि थपिएको छ। परिवर्तनले समाधान र नयाँ पनको सुरूवात गर्छ सत्य हो , तर पत्रकारिता जगतलाई झिनो सहजता बाहेक बाँकी असहज परिस्थितिमा पुगाएको छ।
अबको पत्रकारितासँग जुद्धन कलम हैन दिमाग मात्र अधिक भन्दा अधिक चलाउनु पर्ने देखिन्छ। प्रविधिको उच्चतम् प्रयोग र जसले केही फरक पन देखाउन सक्छन तिनै पत्रकार र पत्रकारिता प्रतिस्पर्धामा आउछन्। पत्रकारिताका सम्पूर्ण क्षेत्रलाई समेटेर एउटै पत्रकारले पत्रकारिता गर्न अब ठुलो चुनौतिका साथै एकदमै न्युन सम्भावना छ । यसैले अबको पत्रकारितामा बिषयगत अर्थात् क्षेत्रगत विशेषज्ञता लाई पनि मनन गर्नु जरुरि देखिन्छ।
हामीले पढ्ने पत्रकारिताका सिद्धान्त र नीतिनियम न पहिला नै सम्पुर्ण प्रयोग भए न कसैले गरे , अब पहिला भन्दा पनि न्युन मात्रामा बाहेक सिद्धान्त कार्यक्षेत्रमा लागु हुन सक्ने सम्भावना घटेको देखिन्छ। बढ्दो प्रविधिको विकास र आर्थिक समस्याबाट नेपालमा मात्रै हैन विश्वभरमा पत्रकार र पत्रकारिता पलायन भएका तथ्य तथ्याङ्क वेला वेला यसै पत्रकारिता माफर्त सार्वजनिक भैरहेका छन् । जुन हामी पत्रकारिता पढिरहेका विद्यार्थीका लागि चिन्ताको विषय हो।
अबको पत्रकारिताका केही प्रमुख पक्षहरु:-
डिजिटल र अनलाइन पत्रकारिता: इन्टरनेट र सामाजिक सञ्जालको बृद्धिले समाचारको वितरणलाई छिटो र व्यापक बनाएको छ। अनलाइन पोर्टलहरू, ब्लगहरू, र सामाजिक मिडिया प्लेटफर्महरू मार्फत समाचार छिटो पाउन सकिन्छ।
डेटा पत्रकारिता: यो प्रकारको पत्रकारितामा ठूला डाटासेटहरूको विश्लेषण गरेर समाचार तयार गरिन्छ। यसले तथ्यपरक र प्रमाणित समाचार प्रदान गर्न मद्दत गर्छ।
नागरिक पत्रकारिता: साधारण नागरिकहरूले पनि समाचार संकलन र वितरणमा सक्रिय भूमिका खेल्छन्। मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूले घटनाहरू प्रत्यक्ष प्रसारण गर्न सक्छन्।
अनुसन्धानात्मक पत्रकारितास् यस प्रकारको पत्रकारिताले गहिरो अनुसन्धान र विश्लेषण गरेर भ्रष्टाचार, अन्याय, र सामाजिक मुद्दाहरू उजागर गर्दछ।
मल्टिमिडिया पत्रकारिता: भिडियो, अडियो, टेक्स्ट, र ग्राफिक्सको संयोजन गरेर समाचार प्रस्तुत गर्ने चलन बढेको छ। यसले समाचारलाई थप आकर्षक र प्रभावकारी बनाउँछ।
मोबाइल पत्रकारिता : दैनिक प्रयोगमा रहेको मोबाइलबाट एक पत्रकारले समाचार संकलन , सम्पादन गर्नु हो । वर्तमान अवस्थामा वनलाइनमा कार्यरत अधिक पत्रकारले लागु गरिरहेको सस्तो र लोकप्रिय रहेको पत्रकारिता हो।
यस्तै अन्य स् वीडियो पत्रकारिता ,सञ्चार माध्यमको एकीकरण, व्यवसायिक र एथिक्स,स्थानिय र अन्तर्राष्ट्रिय समाचार, फ्याक्ट(चेकिङ र विश्वसनीयताले अबको पत्रकारितालाई नितान्त प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित भएर पत्रकारिता गर्न र प्रयोग गर्न पाठकलाई समेत अवसर र समस्या दुवैको सिर्जना गरेको देखिन्छ।
कुनैबेला पत्रकारितालाई पाठक मात्र भए पुग्थ्यो, कनै बेला स्रोता मात्रै भए पुग्यो भने बिस्तारै दर्सक र स्रोता पनि आवश्यक हुन थाले तर अबको पत्रकारितालाई यी सबै अर्थात् पाठक , स्रोता , दर्सक अति आवश्यक जस्तै भएका छन् । पछिल्लो समयमा अधिकांश सञ्चारमाध्यममा सञ्चारकर्मीहरुले One Man Army को भूमिका समेत बहन गरेको पाइन्छ । यसबाट के प्रमाणित हुन्छ भने अबको पत्रकारिता न्युन जनशक्तिको प्रयोगबाट पनि सम्भव छ। तर यो सत्यता , शुद्धता र स्पष्टता भन्दा पनि प्रतिस्पर्धामा मात्रै जोड दिइएको हो भन्ने पनि ति सञ्चारमाध्यमबाट प्रकाशित विषयवस्तुले स्पष्ट पारेको छ।
अन्त्यमा अवको पत्रकारिता निष्पक्षता भन्दा पनि ठुलो जमातको पक्षमा गरिने स्पष्ट छ । त्यसैले हामी पत्रकारिताका सिद्धान्त र नीति पढिरहेका सम्पुर्ण विद्यार्थीले यथार्थ पत्रकारितालाई आत्मसात गर्ने अथक प्रयास गरौँ। हामी पत्रकारिता गर्ने तरिका फेर्न सक्छौं तर हामीले पत्रकारिताको मर्मलाई उन्मूलन हैन जगेर्ना गर्नु हाम्रो कर्तब्य हो भनि बुझ्नु अपरिहार्य छ ।
