२०, मंसिर / नेपाल यस्तै त हो नि, जेमा पनि राजनीति। न सिस्टम छ, न त नीति, न आवश्यक कानुन, यो देशको कुरा त दैवले नै जानून् ’ यस्तै वाक्यहरूद्वारा परिभाषित भइरहेको छ हाम्रो नेपाल, चियागफदेखि ट्याक्सी चालकसँगको छोटा संवादसम्म, भविष्यबारे कलेजका साथीसँगको छलफलदेखि घरपरिवार, इष्टमित्रसँग सल्लाह सुझावसम्म हरेक कुराकानीमा विदेश जानु नै उपयुक्त होला, नेपालमा बसेर के गर्नु भन्ने धारणा आउनु ‘न्यू नर्मल’ भइरहेको छ।
पढे–लेखेको दक्ष जनशक्तिलाई देशले पूर्णतया आफ्नो प्रयोगमा ल्याउन नसकेको हामी देख्दैछौं। अहिले देशकै समस्याको रूपमा आइरहेको छ। युवा वर्गलाई प्राथमिकतामा राखी विशेष नीतिनियमहरू नभएको वा भए पनि त्यसको फितलो कार्यान्वयनले युवा वर्ग विशेषतः शिक्षा, रोजगारी, स्वास्थ्य र अन्य सेवा–सुविधाको लागि विदेश पलायन भइरहेको तथ्य हामी थाहा भएको कुरा हो। यही अवस्था देखेर देशमा नै बसी केही गर्छु भन्ने युवा पनि नेपालमा भेटिन्छन्। युवाले स्वदेशमै बसी प्रगति गरेको केही कथाहरू पनि यहाँ सुन्न पाइन्छ। तर ती ठूलो जमातको प्रतिनिधि कथा नभई केही अपवादका कथा मात्र हुन्।
देशको राजनीति अस्तव्यस्त हुनु एउटा पीडा हो तर देशमा आवश्यक नीतिनियम नहुनु राम्रो अवस्था होइन। अहिले युवा वर्गसँग देशबारे कुरा गर्ने हो भने प्रायःजसोले देश राजनीतिक संकटबाट गुज्रिरहेको भनेर भन्छन् तर हाम्रो देशमा नीति कार्यान्वयनको पक्ष मात्रै कमजोर नभई समय सुहाउँदो नीतिको पनि आवश्यकता भएको देखिन्छ। हाम्रो केही महिना अगाडिको अनुसन्धानको नतिजाले यस्तै भन्छ। अहिले पनि नेपालमा जमीन बाँझोपन सम्बन्धी व्यापक र समावेशी नीतिनियम नभएको पाउँदा निकै दुःख लाग्छ। नेपालमा जमीन बाँझोपन भएर अहिलेका युवा साथिहरुलाई समस्या बढ्दो अवस्थामा देखिए तापनि नेपाली समाजमा यस विषयको उठान गर्न समेत मानिसहरूमा हिचकिचाहट देखिन्छ। जुन समस्याबारे गहन छलफल हुन आवश्यक छस व्यापक अनुसन्धान अपरिहार्य देखिन्छ र जसको सम्बोधन र समाधान मानव जातिकै लागि महत्वपूर्ण छ, त्यस्तो विषयमा नीतिनियमको नै रिक्तता देखिन्छ।
मेरो अनुभव :-
मलाई लाग्थ्यो कि नेपालमा खास कानुनको अभाव भन्दा मौजुदा कानुनको कार्यान्वयन चाहिं फितलो छ। कानुनको विद्यार्थी नभएर पनि होला कुन कुन विषयमा के–कस्ता नीति–नियम छन् भनेर स्वअध्ययन नगरी सजिलै बोल्न मेरो लागि त्यति सहज छैन। समाजमा विद्यमान विभिन्न समस्याका कारण के होलान्, ती कारणलाई कसरी निर्मूल गरी सामाजिक उत्थान गर्न सकिन्छ होला र यसको लागि कानुनको परिधि के कस्तो रहेको छ भनी जान्ने कौतूहल भने सधैं नै थियो। साथै, आफूले आजसम्म जानेकोरसिकेको ज्ञान र सीप अरुलाई पनि बाँड्ने इच्छा र आफूले समाजमा केही योगदान दिने चाहना सुरुदेखि नै रहिआएको छ। म जस्तै मेरा साथीहरू पनि छन् जो आफूले नेपालमा नै केही गर्न पाए हुन्थ्योस देश विकासमा थोरै भए पनि टेवा पुर्याउन सके हुन्थ्योस समाजलाई केही दिन पाए हुन्थ्यो भन्ने चाहना राख्दै विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुँदै आएका छन्। हाम्रो यही जमात, उस्तै सोच र साँच्चै नै समाजमा सकारात्मक प्रभाव पार्ने चाहनाबाट प्रेरित भई हामीले समाजलाई परिवर्तन गर्न सक्छौं।
लेखक : आकाश खड्का ( कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ ।)