• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कठरिया मातृभाषाको शब्दकोष प्रकाशन

धनगढी, १६ मंसिर /  थारु समुदायभित्र पर्ने कठरिया जातीको मातृभाषा संरक्षणका लागि शब्दकोष प्रकाशन भएको छ । मातृभाषा केन्द्र नेपालको सहयोगमा कठरिया समाज नेपालले शब्दकोष प्रकाशनमा ल्याएको हो । कठरिया थारु नेपाली अंग्रेजी शब्दकोषको शनिबार बिमोचन भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत र एसआइएल इन्टरनेशनल संस्थाका सल्लाहकार तथा भाषाविज्ञ डा. नेत्रमणी दुमि राईले संयुक्तरुपमा शब्दकोष बिमोचन गर्नुभयो ।

दुई बर्ष छ महिना लगाएर तयार भएको शब्दकोष थारु, नेपाली र अंग्रेजी भाषामा रहेको छ । मातृभाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बाले कठरिया भाषाको शब्दकोष निर्माणलाई तीन फरक फरक दृष्टिकोणले हेरिएको उल्लेख गर्नुभयो ।

उहाँले शब्दकोष निर्माण हुनुभन्दा अघिको अवस्था, निर्माणको अवस्था र निर्माणपछिको अवस्थालाई हेरेर निर्माण गरिएको बताउनुभयो । नेपालमा यसअघि नेपाली थारु, धिमाल, पश्चिम तामाङ भाषामा समेत मातृभाषा केन्द्रले काम गरेको निर्देशक सुब्बाले बताउनुभयो ।

कठरिया समुदायको कला, संस्कृति, रीतिरिवाज, चालचलन, प्रयोग हुने सरसामान, रहनसहन, भेषभुषालाई शब्दकोषमा उल्लेख गरिएको छ । एसआइएल संस्थाका सल्लाहकार एवम् भाषाविद् डा। राईले नेपालमा १२४ र विश्वमा सातहजार १६४ भाषा रहेको जनाउँदै कठरिया भाषाका लागि बनेको शब्दकोषले नेपालमा मात्र नभएर विश्वमा समेत नाम रहने बताउनुभयो ।

शब्दकोष बिमोचन कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख रावतले शब्दकोषले कठरिया समुदायको भाषालाई दस्तावेजीकरण गर्न सहयोग पुगेको बताउनुभयो । नगरप्रमुख रावतले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको जनाउनदै स्थानीय पाठ्यपुस्तक बनाउन शब्दकोषले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कठरिया समुदायको झाँकीसमेत प्रस्तुत गरिएको थियो । कैलाली लगायत अन्य जिल्लामा बसोबास रहेको कठरिया समुदायको करिब ४५ हजार जनसंख्या रहेको शब्दकोषमा उल्लेख छ । कठरिया थारु समुदायमा जन्मदेखि मृत्युसम्म आफ्नै फरक संस्कार छ । कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरियाको सभाअध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रमको सञ्चालन टिआर कठरियाले गर्नुभएको थियो ।

आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.