धनगढी , १५ मङ्सिर / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ। “एक सङ्कल्प राष्ट्रका लागि” भन्ने मूल ध्येयका साथ १५ दिने सदस्यता अभियान सुरु भएको हो।
शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले झन्डै ३ दशक अगाडि स्थापना भएको विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान गर्दै आएको छ। देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान धनगढीमा पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी इकाइका नगर पत्रिका संयोजक नारद भट्टले बताए।
यस्तै विद्यार्थी परिषद्ले हरेक वर्ष गर्दै आएको सदस्यता अभियान आजदेखि सुरु भएको र आगामी १५ दिनसम्म रहने प्रागी विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका प्रदेशका सह-संगठन सचिव मणिराम चौलागाईले बताए।
विद्यालय स्तरमा कक्षा ९ भन्दामाथिका विद्यार्थी , क्याम्पस विश्वविद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक , शिक्षाविद् समेत जोडेर शिक्षाविद्,शिक्षक , विद्यार्थी मिलेर शैक्षिक क्षेत्र सुधारका लागि कार्यको थालनी गर्न उक्त अभियान सुरु गरिएको विद्यार्थी परिषद्का सुदूरपश्चिम प्रदेश सचिव प्रेम बोहोराले बताए