कैलाली, १३ मंसिर / कैलालीको चौकीडाँडामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधबार साँझ से २ त ४५२३ नम्बरको ट्याक्टरले से ६प ९२९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गोदावरी–३ का मुनिम चौधरीले चलाएको उक्त ट्याक्टरको ठक्करबाट बैतडीको डिलासैनी गाउँपालिका-६ का २२ वर्षीय नवीन थलाल घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
ट्याक्टर र चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।