लबदेव धामी
धनगढी, १३ मंसिर / लागुऔषध कसुरमा सुदूरपश्चिम प्रदेश भरी पक्राउ पर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। आर्थिक वर्ष २०८१/०८२ को असोज महिनामा र कार्तिक महिनाको तथ्याङ्कलाई हेर्दा असोज भन्दा कार्तिकमा लागू औषध कसुरमा पक्राउ पर्नेको संख्या बढेको छ। असोज महिनामा कैलालीमा मात्रै ४६ जना पुरुष, ६ महिला गरी ५२ जना, कञ्चनपुरमा १७ जना पुरुष, डडेलधुरामा ४ जना पुरुष, बाजुरामा १ पुरुष १ महिला र डोटीमा १ पुरुष पक्राउ परेका छन्।
असोज महिनामा पक्राउ पर्नेमा ६९ पुरुष र ७ महिला गरी जम्मा ७६ जना पक्राउ परेका छन्। जसमध्ये कैलालीमा मात्रै लागुऔषध कसुरमा ३५ मुद्दा, कञ्चनपुरमा १२ , डडेलधुरामा ३, बाजुरामा २ र दार्चुलामा १ गरी ५३ मुद्दा परेका छन्।
यसरी असोज महिनामा ४ किलो ३ सय २१ ग्राम १ सय ३४ मिलिग्राम चरेस बरामद गरिएको छ भने ३९ ग्राम २ सय ८३ मिलिग्राम हिरोइन बरामद गरिएको तथ्याङ्क सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसँग रहेको छ।
असोज महिनाको तुलनामा कार्तिक महिनामा सुदूरपश्चिम प्रदेशभरमा लागुऔषध कसुरमा पक्राउ पर्नेको संख्या १० जनाले बढेको छ। जसमा कैलालीमा ६२ पुरुष १ महिला, कञ्चनपुरमा १५ पुरुष ३ महिला, डडेलधुरामा १ पुरुष, दार्चुलामा ३ पुरुष, बैतडीमा १ पुरुष र अछाममा १ पुरुष पक्राउ परेका छन्। जसमा ८३ पुरुष, ४ महिला गरी ८७ जना पक्राउ परेका छन्। यस्तै कार्तिक महिनामा ५२ मुद्दा प्रदेशभरि दर्ता भएका छन्। जसमा कैलालीमा ३६ ,कञ्चनपुरमा ११, डडेलधुरामा १ ,दार्चुलामा २ ,बैतडीमा १ र अछाममा १ गरी ५२ मुद्दा दर्ता भएका हुन्।
जसमा कैलालीबाट २ सय ३० ग्राम गाँजा, ६७ ग्राम चरेस र १ सय ३ ग्राम ४० मिलिग्राम हिरोइन बरामद गरिएको छ। कञ्चनपुरबाट ४ सय २५ ग्राम गाँजा, ३ ग्राम ४ मिलिग्राम चरेस, १सय ५१ ग्राम २५ मिलिग्राम हिरोइन, डडेलधुराबाट १ ग्राम हिरोइन , दार्चुलाबाट २ ग्राम ६१० मिलिग्राम चरेस ९ सय मिलिग्राम हिरोइन, बैतडीबाट २ ग्राम ४ सय ९० मिलिग्राम हिरोइन र अछामबाट २८ ग्राम चरेस गरी प्रदेशभरि ६५५ ग्राम काँजा , २ किलो ७०८ ग्राम ४ मिलिग्राम चरेस , २सय ५८ ग्राम ४सय ५५ मिलिग्राम हिरोइन बरामद गरिएको जानकारी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको छ।
यसैगरी मङ्सिर महिनाको ८ दिनमा मात्रै लागुऔषध कसुरमा १८ जना पक्राउ र १३ मुद्दा दर्ता गरिएका छन्। जसमा कैलालीमा १० पुरुष , कञ्चनपुरमा ५ पुरुष , दार्चुलामा २ पुरुष र बैतडीमा १ पुरुष गरी १८ जना पक्राउ परेका छन्। यस्तै यस कसुरमा कैलालीमा ८ मुद्दा , कञ्चनपुरमा ३ , दार्चुलामा १, बैतडीमा १ गरी १३ मुद्दा परेका छन्। भने सुदूरपश्चिम प्रदेशभरि ८दिनमा मात्रै कैलालीबाट ३८ किलो ६ सय ९५ ग्राम चरेस र ४ ग्राम २ सय ३१ मिलिग्राम हिरोइन बरामद गरिएको छ भने , कञ्चनपुरबाट २ किलो चरेस १ ग्राम ८० मिलिग्राम हिरोइन, दार्चुलाबाट २ ग्राम १६ मिलिग्राम चरेस र बैतडीबाट २७ ग्राम ६ सय ५० मिलिग्राम चरेस बरामद गरिएको छ।
जसमा प्रदेशभरि ४० किलो ७ सय २४ ग्राम ६ सय ६६ मिलिग्राम चरेस , र ५ ग्राम ३ सय ११ मिलिग्राम हिरोइन बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली जनाएको छ।
यसरी सुदूरपश्चिम प्रदेशभरिको लागुऔषध कसुर र मुद्दाको तथ्याङ्कलाई हेर्दा अझै पनि लागुऔषधले सुदूरपश्चिम जकडिएको अनुमान गर्न सकिन्छ। सुदूरपश्चिमलाई लागू औषध मुक्त बनाउनको लागि सबैले आआफ्नो तह र तपकाबाट पहल गर्नुपर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक , प्रवक्ता तथा सूचना अधिकारी श्याम कृष्ण अधिकारीले जोड दिएका छन्।
