• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दुर्लभ सारस नकैया सिमसार क्षेत्रमा

धनगढी,७ मंसिर । विश्वमै दुर्लभ सारस कञ्चनपुरको नकैया सिमसार क्षेत्रमा देखापरेका छन् । बेलौरी नगरपालिकामा रहेको सो सिमसार क्षेत्रमा तीनवटा सारस देखा परेका हुन् ।

सारस सिमसारको सूचक प्रजाति मानिन्छन् । नकैया सिमसार क्षेत्रमा साना कुलोका साथै, साना घोलसहितको दलदल छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ ।

कञ्चनपुरको रतनपुर सिमसार र बेल्डाँडी क्षेत्रमा हरेक वर्षजसो दुर्लभ सारस देखिने गरेका छन् । यसैगरी शुक्लाफाँटा निकुञ्ज क्षेत्रबाहिर रहेको पुरैनी तालमा पनि सारस आउने गर्दछन् । पुरैनी तालमा सबैभन्दा पहिले २०१७ मा दुई वटा सारस अभिलेख गरिएको थियो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको सिमसारमा प्रायः सारस देखिने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । “नकैया सिमसारमा सारसले प्रजनन् गर्ने र बच्चा कोरल्ने गरेको यहाँको स्थानीयको भनाइ छ” उहाँले थप्नुभयो, “तर, हाम्रो अध्ययन, अनुसन्धानको क्रममा अहिलेसम्म त्यस्तो पाइएको छैन ।”

सारसले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषि बालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी बाघ, चितुवाजस्ता हिंस्रक जनावरनजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् ।

खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिदैं गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ । वासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिँदै जानु नै सारसका लागि प्रमुख चुनौती बन्दै गएको छ ।

नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसीएन० को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने गर्दछन् । तर, कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरेको बताइन्छ ।

लक्ष्मण र कर्‍याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन् । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा यो दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको डङ्गौराको भनाइ छ ।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.