• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुन: अतिक्रमणमा पुरैना ताल

धनगढी, ६ मंसिर / कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको चपेटामा परेको छ ।

मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव २१ हेक्टरमा जमिनमा फैलिएको पुरैना तालमा आजभोलि स्थानीयले दिनहुँ ट्याक्टरले खनजोत गरिरहेका छन् ताललाई पुन: निर्माण गर्नका लागि अतिक्रमण हटाएर ब्युँताउने भन्दै डिभिजन वन कार्यलयले बैशाख १६ गते ३६ घन्टा लगातार ८ ब्याकहोलोडर (डोजर) ले रेखांकन गरिएको थियो । तर, वन कार्यालयको त्यो मिहिनेत अहिले वालुवामा पानी भएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुन: निर्माणका लागि तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल (ड्याम) निर्माण गरेको थियो ।

पुरैना ताल पुन: निर्माणका लागि डिभिजन वन कार्यालय पहलमानपुरले करिब ४ वर्षदेखि सामुदायिक वन समन्वय समिति, नापी कार्यालय कैलाली, भजनी नगरपालिका, जिल्ला प्रशासन कार्यलय कैलालीसँग पटक-पटक निरन्तरको छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन गराई अतिक्रमण हटाउन सफल भएको थियो ।

पुरैना ताल भजनीको मात्रै नभई कैलालीकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो । जसमा भारतीय दुधुवा नेशनल पार्कसँग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुन: निर्माणका लागि आवश्यक रहेको छ । सुदूरपश्चिम प्रदेश उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना तालको पुन: अतिक्रमण गरेको क्षेत्र फेरि हटाउने बताए । उनले भने,’पुरैना तालको क्षेत्र ठूलो भएकाले एकै व्यक्तिले २० बिगाहासम्म प्रयोग गरिरहेकाले ताललाई पुन: निर्माण सबै राजनीतिक संयन्त्रसँग समन्वय गरिरहेको छु ।’

पुरैना ताल क्षेत्रको रिपोटिङको क्रममा पुग्दा ४ ट्रयाक्टरले खनजोत गर्दै गरेको भेटिएको थियो । मसुरो उम्रिएको र गहुँ खेतीका लागि खनजोत सुरु गरिएको छ नि भन्ने प्रश्नमा मन्त्री चौधरीले अहिले खनजोत गरियको भए पनि चाँडै राजनीतिक सहमति बनाई अतिक्रमण क्षेत्र खाली गराई ताल पुन: निर्माण गरिने बताए । पुरैना ताल सार्वजनिक सम्पत्ति भएको र अहिले केही सीमित टाठाबाँठाले प्रयोग गरिरहेको बताउँदै उनले भने,’हामीले निकट भविष्यमा जिल्लाकै आयआर्जनको बलियो स्रोत बनाउने र ताल पर्यटनको वलियो आधार हुनेछ ।’

भजनी नगरपालिकाका प्रमुख केवललाल चौधरीले खनजोत गर भनेर स्थानीयलाई उस्काएको आरोप लागिरहेका बेला उनले भने,’मैले त तालको क्षेत्रभन्दा बाहिर रहेको ८ कट्ठाको मात्र कुरा गरेको हुँ । ताल क्षेत्र अतिक्रमण गर्न भनेको छैन ।’ ताललाई पुन: निर्माण गर्न स्थानीय सरकारको हैसियतले सधैँ सहयोग गर्न तयार रहेको उनले बताए ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेलले पुरैना तालको अतिक्रमण पुन: हटाउनका लागि कार्यक्रम राखेको बताए । ‘म भर्खरै आएको छु,’ उनले भने,’स्थलगत अनुगमनपछि कसरी अतिक्रमण हटाउने भन्ने कार्यक्रम बनाउनेछु ।’

बसन्ता वन सरक्षण क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.