• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बस्तीमा जोखिम बढेपछि धनगढी डिपो सार्ने तयारी

काठमाडौं । धनगढीको चटकपुरस्थित नेपाल आयल निगमको डिपो सार्न तयारी भएको छ । उक्त डिपोका कारण स्थानीय बस्तीमा जोखिम बढ्नुका साथै निगमको दैनिक कामकाज समेत प्रभावित भएकाले सार्ने तयारी भएको हो ।

यो डिपो २०३७ सालमा निर्माण भएको थियो । त्यो बेला उक्त क्षेत्रमा सर्वसाधारणको बस्ती थिएन । अहिले डिपो वरिपरी विस्तारै बाक्लो घना मानव वस्ती बसिसकेको छ । डिपोका कारण मानव वस्ती नै जोखिममा परेपछि डिपो सार्ने योजनामा निगम पुगेको हो ।

स्थानीयबासीन्दाले डिपो घनावस्तीको बीचमा भएको भन्दै धनगढी नगरपालिकामा दैनिकरुपमा गुनासो आउन थालेपछि नगरपालिकाले समेत उक्त डिपो सार्न निगमलाई आग्रह गर्दै आएको थियो ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई समेत स्थानीयबासीले उक्त डिपो सार्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । मन्त्री भण्डारीले समेत डिपो सार्न निगमलाई निर्देशन दिएका छन् । नेपाल आयल निगमको उपनिर्देशक प्रदिप यादबका अनुसार तत्कालिन समयमा दैनिक ४ ट्यांकर इन्धन बिक्री गर्ने यो डिपोबाट अहिले दैनिक ६० ट्यांकरको हाराहारीमा बिक्री हुन थालेको छ ।

‘पहिलेको तुलनामा इन्धनको बिक्री बढ्दै गर्दा हालको डिपोमा ट्यांकरलाई इन्धन लोड अनलोड गर्न पनि ठूलो समस्या भएको छ,’ यादबले क्लिकमान्डुसँग भने,‘साँघुरो भएर ट्यांकर राख्नसमेत ठूलो समस्या भएको छ । साथै डिपोका कारण स्थानीय बस्ती पनि जोखिममा परेकाले सार्ने योजनामा निगम अघिबढेको छ ।’

धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा १ विगाह ८ कटहा जग्गामा विद्यमान डिपो कार्यालय सञ्चालनमा छ। डिपो कार्यालयका प्रमुख हरिदत्त जोशीका अनुसार ५-६ वर्षदेखि उक्त डिपो कार्यालय सार्ने प्रयास भइरहेको छ । उक्त डिपोबाट सूदुरपश्चिमको ९ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन बितरण भइरहेको छ ।

डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल, २५० किलोलिटर डिजेल बिक्री हुन्छ । डिपोमा हाल ७ दिनको माग पुग्ने गरी ७६० किलोलिटरको २ वटा डिजेलको भर्टिकल ट्यांकी छ भने ७६० किलोलिटरकै १ वटा पेट्रोलको डिपो छ । यसवाहेक ७०-७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टिटेलको तीनवटा अन्डरग्राउण्ड ट्यांकी छ ।

पूर्ववर्ति सरकार केपी ओलीको सरकारले बजेट वक्तव्यमार्फत् प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न गरी पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्नुपर्ने घोषणा गरेको थियो ।

‘त्यो योजनालाई अघि बढाउन पनि अहिलेको विद्यमान डिपो भएको स्थान निक्कै साँघुरो छ,’ यादबले भने– ‘त्यो योजनालाई कार्यान्वयनमा ल्याउन कम्तिमा २५ विगाहभन्दा बढी जग्गा आवश्यक पर्छ । यो सबै विषयलाई ध्यानमा राख्दै डिपो नै सार्ने योजना अघि बढाइएको हो ।’

उनका अनुसार अहिले उक्त डिपो सार्न धनगढी र वरिपरीका जिल्लामा जग्गा खोज्ने कामसमेत सुरु भएको छ । डिपो सार्ने विषयमा यसअघि अध्ययन समितिले समेत अध्ययन गरि प्रतिवेदन बुझाइसकेको छ । निगमका उपनिर्देशकद्वय र दिवाकर मल्लिक सम्मिलित अध्ययन समितिले २०८० असार २६ गते उक्त डिपो सार्नुपर्ने प्रतिवेदन दिएको थियो ।

कञ्चनपुरको पुर्नवासमा सार्ने तयारी

उक्त अध्ययन समितिले गरेको अध्ययनअनुसार धनगढीको डिपोलाई सारेर धनगढीको पुर्नवासमा निर्माण गर्नुपर्ने सुझाव दिएको थियो । जसअनुसार नयाँ डिपो सारेर निर्माण गर्न कञ्चनपुर नगरपालिकाको पुर्नवासस्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गा उपयुक्त रहेको उक्त अध्ययन समितिले प्रतिवेदन दिएको थियो ।

निगमले राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको करिब ७४ बिगाह जग्गामध्ये २२ बिघा जग्गा खरिद गरेर डिपो सार्ने योजना अघि बढाएको हो । ‘जग्गा हेरिसकेका छौं, अब उक्त जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएर डिपो सार्न काम सुरु गर्न लागेका छौं,’ यादबले भने ।

बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.