धनगढी ६ मंसिर/कैलालीको धनगढी १८ फूलवारी स्थित गौशालामा रुद्री पाठ–रुद्रा भिषेष कार्याक्रम सम्पन्न भएको छ । हाम्रो गौशाला फूलवारी र ब्राह्मण समाज नेपाल धनगढी मंसिर ४ गते देखि सुरु भएको रुद्री पाठ–रुद्रा भिषेष कार्यक्रम आज सम्पन्न भएको छ ।
रुद्री पाठ–रुद्रा भिषेषबाट भएको आम्दानी सवै भेटी, सहयोगी दाताहरुबाट नगद तथा जीन्सी रकम हाम्रो गौशाला फूलवारीको हाम्रो गौशालामा रहेका गाईको संरक्षण र गर्ने उदेश्यले सो कार्यक्रमका अयोजना गरिएको हाम्रो गौशाला फूलवारीका सचिव यादब भण्डारीले जानकारी दिए ।
हाम्रो गौशालामा रहेका गाईको संरक्षण र गर्ने उदेश्यले सो धार्मिक कार्यक्रमका बिभिन्न दाताहरुले गौ संरक्षण गर्न सहयोग गरेको समेत सचिव भण्डारीले बताए ।हाल गौशालामा करिब ४सयको हाराहारीमा गाईको संरक्षण गरिएको छ । धनगढी उपमहानगरपलिकाको मेयर गोपल हमाल र उपमेयर कन्दकला रानाको उद्घाटनमा सहभागिता जनाएका थिए भने समापनमा सुदूरपश्चिम प्रदेशसभाका उप–सभामुख कोईलि देवी चौधरी र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।