• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उपनिर्वाचनमा सुदूरपश्चिमबाट ३० जनाले उम्मेदवारी दिए

कैलाली, ३ मंसिर /   मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिमबाट ३० जनाले उम्मेदवारी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख कैलाली, स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र अन्य ४ वडाध्यक्ष पदका लागि आइतबार ३० जनाले उम्मेदवारी दिएका हुन ।

समन्वय समितिका लागि २ जना

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी चौधरी (भुल) र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमति डंगोरा थारुले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वामिकार्तिकमा ५ जना

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका छन् ।

भीमदत्तमा १२ जना

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि सत्तारुढ काँग्रेसबाट प्रकाश बहादुर चन्द, एमालेबाट बहादुर चन्द, माओवादी केन्द्रबाट नानाराम कोली, एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीबाट सुशील कुमार भट्ट, नागरिक उन्मुक्ति पार्टीबाट हरिस डगौरा, जनमत पाटीबाट यादव बहादुर चन्द, राप्रपा नेपालबाट दिल बहादुर धामी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दल बहादुर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । थानेश्वर लेखक र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

दुहुँमा ४ जना

बाजुराको यस्तै दुहुँ गाउँपालिका – ५ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका बीरसिह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्मामा ३ जना

बझाङको सुर्मा गाउँपालिका– ४, वडा अध्यक्ष पदका लागि कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेका लखिचन्द्र बोहरा र माओवादी केन्द्रका पुष्कर बोहराले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

पुर्विचौकीमा ४ जना

डोटीको पुर्विचौकी गाउँपालिका ।– ६ को वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट मोहन थापा, नेकपा एमालेका तर्फबाट देवबहादुर थापा, नेकपा ९माओवादी केन्द्र० का तर्फबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट जानकी कुमारी खड्का कुँवर उम्मेदवार दर्ता गराएका छन् ।

 

सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.