धनगढी २ मंसिरनेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वप्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाढी बढाउनु पर्ने यसका लागि आफू तयार रहेको बताएका छन् । उनले पुर्वाधार संगै शिक्षाको गुणस्तरमा जोड दिनु पर्ने बताएका छन्।
आईतबार कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले भौतीक संरचना संगै गुणस्तरिय शिक्षामा पनि जोड दिन आग्रह गरे । उनले भने शैक्षिक क्षेत्रमा धेरै पुर्वाधार निर्माण भएका छन, अब गुणस्तरिय संगै प्राबिधिक शिक्षामा जोड दिनुपर्यो, मैले गर्ने सहयोग गर्न तयार छु ।
दुई मिनेट मात्र सम्बोधन गरेका पुर्वप्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाढी बढाउनु पर्ने यसका लागि आफू तयार रहेको बताए। उनले भने “म यहि ठाउँको मान्छे हु, यहाँका सबै समस्या थाहा छन, मैले सक्ने सहयोग गर्ने छु । क्याम्पस संचालक समितिका अध्यक्ष दिनेश राज जोशीले क्याम्पसको सुरुवात भएको अब धेरै काम बाँकी रहेकाले सहयोग गर्न देउवालाई गरे ।
प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर, सुदूरपश्चिमका निबर्तमान मुख्यमन्त्री दिर्घ सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले यहाँका समस्या उहाँकै पहलमा मात्र समाधान हुने बताए । लगत्तै सभापति देउवाले धनगढी उपमहानगरपालिका १६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पुजा तथा दर्शन समेत गरे ।