…..यो अन्जान र सधै नयाँ नयाँ लागी रहने ठाउँ हो । अर्थात् यो धनीहरुको सहर हो । यहाँलाई लाग्न सक्छ यो कसरी धनीहरुको सहर भयो जहाँ अधिक गरिब हुन्छन ? मेरो मनको प्रश्न पनि त यहीँ थियो जब सम्म उत्तर भेटाएको थिइन तर अब म ढुक्क भएर भन्न सक्छु यो सहर त धनी कै हो ।
माथिको दुई लाइन पढि रहँदा यहाँलाई कस्तो कस्तो लाग्न सक्छ, लाग्नु पनि स्वभाविक नै हो । जहाँ सामान्य मान्छे अर्थात् सोझो अर्थ गरिब मान्छे छैन भने धनीहरुको घरमा खाना पाक्न पनि गाह्रो हुन जान्छ तर रबाफ, उन्मात र घमन्ड हेर्दा त गरिब त्यसै जन्मेका हुन या भनुँ धनीहरुकै चाकडी गर्न नै यो धर्तीमा आएका हुन वा माथिबाटै कामको भाग लगाएर पठाए जस्तो …….।
यस्ता यस्तै बिषय छन् यो सहर र गरिबका जति भने पनि लेखे पनि बिना अर्थका हुन जान्छन् । अब म र मैले देखेको यहाँको सहर …..म कुनै नामी सहरमा त बस्दैन तर यो क्षेत्रको लागि यो नै नामी हो भन्दा फरक नपर्ला । कैलाली जिल्लाको सदरमुकाम धनगढीमा बस्न थालेको करिब अढाइ बर्ष पुग्न थाल्यो यो समयमा मेरो सहर र सहरीया प्रति बनेको धारणा ,मैले देखेको , भोगेको र जानेको बिषयलाई यहाँ प्रस्तुत गर्दै छु ।
मलाई सुरुमा यहाँ बस्दा कस्तो पट्यार लागेर आउथ्यो जुन मेरो लागि अतित नै हो । मेरो जस्तै यहाँहरु मध्येमा पनि कसै कसैको यस्तै भएको होला कलेज जाने बेला एक्लै , कलेजमा कक्षा कोठा भित्र पनि एक्लै बसेर पढ्ने , सर आउने पढाउने म पनि लास्ट तिर एकोहोर टोलाएर बसेर सुनि रहन्थे यो क्रम लगभग २ महिना सम्म रहे होला । यति बेला सम्म मलाई नलागेको हैन नयाँ नयाँ साथी बनाउ, चिनजान गरु , समुहमा बस्ने, खेल्ने , यावत सबै तर यो सहर र यहाँका मान्छेलाई चिन्दा चिन्दै महिनौँ सम्म एक्लै रहे ।
यति बेला सम्म म आफु सामाजमा सबै भन्दा छोटो समयमै घुलमिल हुने मान्छे हो भन्नेबारे नै बिर्सिएको रहेछु कारण यो सहर र यहाँका दुई जिब्रे मान्छे मात्रै हुन् । यति लेख्दै गर्दा विमल डाँगीको गीतको टुक्का याद आयो…..
‘शितलु ताप्न कहाँ पाउनु यहाँ पिपलु चौतारी ,
धन पैसा नभैई पाइदैन यहाँ मन मिल्ने दौतरी ।’
हो…, मैले पनि आज सम्म कायौँ साथी कमाए , नातागोता , आफ्न्त सबै माँझ थोरै भए पनि अलिक परिचत पनि भए तर मैले खोजेको साथित्व दिन र लिन सक्ने साथी पाउन सकेन कारण यहीँ सहर मात्रै हो ।
त्यस्तो साथित्व पाउन ममा पनि केहीँ कमी कमजोरी होलान यो नभएकै भने पक्कै पनि हैन्, तर मेरो कमजोरी पनि त यो सहर हो ।
हो…… साथी हो, मेरो कमजोरी भनेको सय प्रतिशत यो सहर हो ।
क्रमसः…. लबदेब धामी