धनगढी,२ मंसिर । अत्तरियाको एक होटेलबाट अनैतिक कृयाकलापमा संलग्न दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका(२ आदर्श टोलस्थित धर्मा होटेलबाट होटेल सञ्चालकसहित दुई जना पक्राउ परेका हुन् ।
शनिबार राति ११स्४० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटल सञ्चालकसहित एक पुरुषलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
