• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुर्खाको सिप छोडेर भारततर्फ

धनगढी,१ मंसिर ।  पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ ।

दोगडाकेदार गाउँपालिका–५, न्वाली, वनकाँडा र गोबडा गाउँमा १५० घरघुरीभन्दा बढी सार्की समुदायको बसोबास रहे पनि बेरोजगारीले गाउँ रित्तिन थालेको छ । शतप्रतिशत घरधुरीका युवा रोजगारीका लागि भारत हिँडेपछि गाउँमा मलामी जाने युवा पाउनसमेत मुस्किल हुन थालेको छ ।

पछिल्लो समय बालबच्चासहित भारत जानेको सङ्ख्या बढेपछि स्थानीय खोदमनाथ आधारभूत विद्यालयमा ११० जनाबाट विद्यार्थी सङ्ख्या घटेर ७० मा झरेको विद्यालयका शिक्षक करवीरराम सार्कीले बताउनुभयो । बस्ती रित्तिएको सूचकका रूपमा घट्दोक्रममा रहेको विद्यार्थी सङ्ख्या हेर्दा थाहा हुने उहाँले बताउनुभयो ।

दोगडाकेदारको न्वाली, वनकाँडा र गोबडा गाउँ जिल्लामै सार्की समुदायको बाक्लो बस्तीका रूपमा चिनिन्छ । यहाँ परम्परागत रूपमा हातबाटै छालाको जुत्ता बनाउने सिपालु मानिस थिए । नयाँ पुस्ताले छाला जुत्ताको काम छाडिसकेका छन् ।

आफ्नो अनुभव सुनाउँदै शिक्षक करवीर रामले भन्नुभयो, “छाला सुकाउनेदेखि प्रशोधन गरेर जुत्ता तयार गर्न एकदेखि डेढ महिना लाग्छ । छाला रङ्ग्याउन मौवाको रुखको बोक्रा, धुङ्यो, गाईको सुकेको गोबर र चुनढुङ्गा पिसेर एक हप्तासम्म पानीमा भिजाइन्छ । यी सबै काम हातबाटै गर्नु पर्दा एक जोर जुत्ता तयार गर्दा एकदेखि डेढ महिना लाग्छ । श्रम अनुसार ज्याला पाइन छाडेपछि नयाँ पुस्ताले छालाको काम सिक्न छाडेर विदेश पलायन हुँदा अहिले पुख्र्यौली सिप लोप हुने अवस्थामा पुगेको छ ।”

खानी अलपत्र

दोगडाकेदार गाउँपालिकामा कृषि मल बन्ने फस्फोरसको खानी पत्ता लागे पनि उद्योग सञ्चालन नहुँदा अलपत्र परेको छ । चार वर्षअघि दोगडाकेदार गाउँपालिका–३, बसौरामा फस्फोरस खानी पत्ता लगाएर भूगर्भविद् कुमार खड्का नेतृत्वको टोली फर्किएको थियो ।

खानीमा ५५ दिनसम्म ड्रिल गर्ने काम सकेर टोली फर्किएको थियो । टोलीले खानीमा २० देखि ३० प्रतिशत डिपिए मल बन्ने तìव भेटिएको औँल्याएको छ । डिपिए मलमा ४६ प्रतिशत फस्फोरस र १८ प्रतिशत नाइट्रोजन तìव मिसाएर डिपिए मल तयार हुने भएकोले फस्फोरसको खानी भेटिनु देशकै लागि ठुलो खुसीको कुरा भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । खानी सञ्चालनका लागि सरकारीस्तरबाटै पहल नहुँदा उद्योग सञ्चालन नभएको उहाँले बताउनुभयो ।

जिल्लामा उद्योगधन्दा र उपलब्ध खानी सञ्चालन नहुँदा रोजगारी खोज्न ठुलो सङ्ख्यामा युवा विदेश पलायन हुँदै आएका छन् । कामको खोजीमा भारतको नयाँ दिल्ली पुग्नुभएका सिगास गाउँपालिका–१ का लालबहादुर ऐरीले स्वदेशमा कुनै काम नपाउँदा कैलालीको गौरीफन्टा नाकाबाट बिदेसिनु परेको बताउनुभयो । दसैँतिहार मान्न गाउँ आएका अधिकांश युवा कैलालीको गौरीफन्टा, कञ्चनपुरको वनबासा र बैतडीको झुलाघाट नाका भएर भारत गएका छन् ।

शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.