• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अब सुदूरपश्चिममा कृषि क्रान्ति आवश्यक छ: कृषि मन्त्री थापा

धनगढी,१ मंसिर । सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा अब कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् । कृषि बजार तथा कोल्ड च्याम्बर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले कृषिमा लगानी बढाइरहेको भन्दै किसानहरुलाई पनि कृषिमा लाग्न प्रेरित गरेका थिए।

उनले आफ्नो मन्त्रालयले पहाडी जिल्लामा बजेट तराईकै हाराहारीमा भएको स्पष्ट पारे । पहाडी जिल्ला जहाँ हुन उत्पादन हुन्छ उक्त जिल्लामा सोही उत्पादनलाई जोड दिनु पर्ने उनले बताएका थिए । उत्पादनको बजारीकरण र खाली रहेको जग्गामा उत्पानद गर्नेगरी सरकारले नीति लिएको मन्त्री थापाको भाइ थियो।

प्रदेशमा अब कृषि क्रान्ति आवश्यक छ मन्त्री थापाले भने ‘प्रदेश सरकारले उत्पादनलाई बजारीकरण गर्ने र बाँझो जग्गामा पनि उत्पादन गर्ने नीति लिएका छौं। यसले किसानलाई निकै सहज हुनेछ ।’ प्रदेश सरकारले अनुदानमा समेत नयाँ मापदण्ड तयार गरेको भन्दै उनले वास्तविक किसानले मात्रै अनुदान पाउने दाबी गरेका थिए।

प्रदेश सभा सदस्य जुना दानीले साझेदारीमा निर्माण गरेको सित भण्डारले किसानहरुको उत्पादन भण्डारणमा ठूलो सहजता पैदा गर्ने बताइन्। उनले बाजुराको गरिबी अन्त्य हुने विश्वास समेत व्यक्त गरेकी थिइन् ।उनले तिनै तहको सरकारको समन्वयमा यहाँको कृषिको बजारीकरण गर्न आवश्यक रहेको बताइन् ।

‘आज यहाँका किसानहरूको लागि निकै ठूलो उपलब्धि हो । अब तिनै तहको सरकारले यहाँको कृषि लाई बजारकिकरणमा ध्यान दिनुपर्छ,’ उनले भनिन्’ यसले बाजुराको गरिबी अन्त्य गर्छ ।’ बाजुराको उत्पादनले मात्रै राम्रो बजार पाएमा जिल्लाको मात्र नभई प्रदेशको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने सांसद् दानीको भनाइ थियो।

बादिमालिका नगरपालिकामा मेयर अमर खड्काले कृषि बजार तथा कोल्ड च्याम्बरले किसानलाई निकै सहज हुने बताए । ‘यहाँका सबै पालिकाका किसानहरूले यहां कृषि उत्पादन विक्रीवितरण गर्न सक्नुहुने छ’ उनले भने,’सिजनको तरकारी तथा फलफूल कोल्ड चेम्बरमा राखेर सिजन नहुँदा बेचेर पनि किसानले लाभ लिन सक्नुहुनेछ ।’ किसानको वर्गीकरण गर्ने समेत तयारी भइरहेको बताए । उनले कृषि एम्बुलेन्स खरिद गरेको भन्दै त्यसबाट पनि किसानलाई सहज हुने विश्वास व्यक्त गरेका थिए।

बडिमालिका नगरपालिका ८ मा ४१ लाख १९ हजार ९ ८४ मा सित भण्डार निर्माण गरिएको हो । कृषि विकास निर्देशनालय दिपायलको ३१ लाख ६६ हजार ३८५ र बडिमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ मा कृषि बजार तथा सित भण्डार निर्माण गरिएको हो । यहाँ १२ वटा बजार कोठा बनाइएको छ।

निर्देशनालयले ७ र नगरपालिकाले ५ वटा कोठा निर्माण गरेको हो । २५ मेट्रिकटन क्षमता भएको सित भण्डार निर्माण गरिएको छ । जसमा ३ वटा च्याम्बर छन्। मन्त्री थापा र सांसद् दानीले संयुक्त रुपमा कृषि बजार तथा सित भण्डारको साँचो बडिमालिका नगरपालिका मेयर अमर खड्का र उपमेयर नदा थापालाई हस्तान्तर गरेका थिए ।

शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.