धनगढी२२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिम आउने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका देउवा डडेलधुरामा हुने कार्यक्रममा सहभागी हुन कार्तिक २५ गते सुदूरपश्चिम आउन लागेका हुन ।
उनी बिहान १०ः४५ बजे नियमित उडान मार्फत धनगढी विमानस्थलमा पुग्ने कायक्रम रहेको छ । उनको विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाले बताएका छन ।