धनगढी, ११ कार्तिक/वडा प्रहरी कार्यालय धनगढीको ‘नाइट सर्च अपरेसन’ मा तिन सफलता हात पारेको छ । कार्तिक १० गते राति ३ बजे वटा सर्च अपरेसन गरेको थियो । तिन वटै घटनामा वडा प्रहरीले सफलता हात पारेको छ ।
भाद्रको अन्तिमबाट वडा प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक योगेश खत्रीले कमान्ड समाल्दै आएका छन् । उनले दुई महिना नपुग्दै एकपछि अर्को ‘केश’ लाई सफलता दिदैँ आएका छन् । राति १ बजे धनगढी १ शिवनगर खानेपानी टयाङ्की नजिकै सोही स्थान बस्ने अर्जुन बोगटीलाई खानतलासी गर्दा ५५० मिलिग्राम ब्राउनसुगर (खैरो हिरोईन) सहित बरमद गरी नियन्त्रणमा लिएको छ । पक्राउ परेका बोगटीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धानका लागि पठाएको छ ।
त्यस्तै धनगढी ५ शिबिनगरमा जिवन खड्कलाई शङ्का लागि खानतलासी गर्दा ५४० मिलिग्राम ब्राउन सुगर र १५ ट्याब्लेट ट्राबेन्डाटोल लागूऔषध बरामद गरेको छ । खड्कालाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ । त्यसैगरी कार्तिक १० गते राती १ बजे धनगढी ९ बङग्रा कटानमा खेमबहादुर शाहुको बारीमा जुवा तास खेली रहेका ७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट २८ हजार पाँच सय ६० नगद समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
उता धनगढीकै वडा नम्बर ७ बेलीबजारको महेश चौधरीको घरमा जुवातास खालीरहेका ६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ६४ हजार दुई सय ३५ नगद समेत बराम गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
अहिले वडा प्रहरीले रात्री गस्तीमा तिव्रता दिएको छ । धनगढीको शान्ति सुरक्षामा दिनमा रातदिन खटिरहेको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।


