धनगढी ४ कार्तिक/धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेशसहित पक्राउ परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी हुन्।
बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश) सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ।