धनगढी ,२१ असोज । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारबाट बाहिरीने संकेत गरेका छन । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले संघीय सरकारमा सहभागी आफ्ना मन्त्रीलाई भूमिकाविहीन बनाइएको भन्दै दसैँ लगतै सरकारबाट बाहिरिने संकेत गरेका हुन ।
उनले संघीय सरकारमा सहभागी राज्यमन्त्री अरुण चौधरीलाई भूमिकाविहीन बनाइएको भन्दै असन्तुष्टि पोखेका छन । ‘अधिकार दिनुस्, जनताबीच जाने अवसर दिनुस् भन्दा पनि ठूला दलले सुनिरहेको अवस्था छैन । ठूला दलले कुरा नसुन्ने भए केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ ’ उनले भने, ‘दशैँ पछाडिबाट हामी सरकारमा सहभागी हुन्नौँ ।’
उनले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिने ठानेर मात्रै सरकारलाई समर्थन गरेको बताए । ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुने होइन । सरकारमा सहभागी हुने म्यान्डेट जनताले दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले प्रदेश र सङ्घमा सरकारमा गएका हौँ ’ उनले भने, ‘ संघीय सरकारमा हामी असफल भयौँ । मुक्त कमैयाहरूलाई लालपूर्जा दिन सकेनौँ ।’
नाउपाबाट प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन । संघीय सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका थिए । संरक्षक चौधरीले प्रदेशम पनि आफ्नो पार्टीका मन्त्रीलाई अधिकार नदिइएको बताएका छन ।
‘सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्यो भनेर धेरैले भने । तपाईंहरूका कमजोरीका कारण पाउनुभएन । हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौँ’, उनले भने, ‘के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन रु दुई भागमा पार्टीलाई विभाजन गर्ने, के रेशम र रञ्जिताको मात्रै अभिलासा थियो रु होइन, होइन हामी केही स्वार्थी जनप्रतिनिधिले पार्टीको अभिष्टिच्छा, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौँ ।’