बैतडी,१८ असोज । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । गत असार २१ गते निर्माण सम्पन्न भएको भवनको बिहीबार मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन् ।
२०७७ साल मंसिर १६ गते वाइआर कन्सट्रक्सनसँग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो । घटनास्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए ।
स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ वर्षपछि आफ्नै भवन पाएको छ । यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो ।
