धनगढी,१७ असोज । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर धनगढीमा शिवशंकर फुटसल प्रतियोगिता सुरु भएको छ । धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसलमा विहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
ज्येष्ठ नागरिक थिरबहादुर स्वाँरले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य माया भण्डारी, सामाजिक व्यक्तित्व जयन्द्र स्वाँर, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य तथा मजदुर नेता नवीन रावल लगायतको उपस्थिति रहेको थियो ।
प्रथमलाई ३३ हजार ३ सय ३३ र द्वितीयलाई १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक प्रिन्स स्वाँरले जानकारी दिए । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन् ।