• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडी मासुमा आत्मनिर्भर 

धनगढी,१६असोज । जिल्लामा दैनिक उपभोग्य वस्तुको आयात बढी हुने भए पनि खसीको निर्यात गरेर बैतडी आत्मनिर्भर जिल्ला बनेको छ । जिल्लालाई आवश्यक पर्ने खसीबोका राखेर यो वर्षको दसैँतिहारका लागि ४० देखि ५० हजार खसीबोका बाहिर जिल्ला पठाउने तयारी गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा अहिले एक लाख ३५ हजार खसीबोका रहेका छन् । यीमध्ये ५० हजार खसीबोका बिक्रीका लागि तयार भएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। विशाल पाठकले बताउनुभयो ।

“खसीको मासुमा बैतडी आत्मनिर्भर जिल्ला मात्रै नभई वार्षिक एक अर्ब रुपियाँ आम्दानी हुन्छ,” डा। पाठकले भन्नुभयो, “बैतडीको स्थानीय खरी जातको खसीको माग बढ्दो छ । जिल्लामा बढी खरी जातको बाख्रा भएकाले मासु पनि अरूभन्दा पोसिलो हुन्छ । दसैँका लागि अहिले दैनिक एक सयदेखि १५० को सङ्ख्यामा खसीबोका तराईलगायत देशका विभिन्न जिल्लामा बिक्री भएर गइरहेका छन् ।”

केन्द्रको तथ्याङ्क अनुसार बैतडीमा स्थानीय खरी जातको बाख्रो बढी भए पनि पछिल्लो समय जमुनापारि, सिरोहिया र बोयर जातको बाख्रा पनि भित्रिएको छ । आर्थिक वर्ष २०८०र८१ मा मात्रै कार्यालयले दुई करोड रुपियाँ अनुदानमा उन्नत जातका बाख्रा र नस्ल सुधारका लागि छ सयभन्दा बढी बाख्रा र बोका वितरण गरेको छ ।

डा। पाठकका अनुसार जिल्लाका ४३५ जना किसानलाई बाख्रा र उन्नत जातको बोका वितरण गरिएको छ । वितरण गरिएकामध्ये स्थानीय खरी जात, सिरोहिया र जमुनापारि जातका बाख्रा र बोका रहेका छन् ।

बाख्रो दाइजो दिने चलन

बैतडीमा छोरीचेली अन्माएर घर जाने बेला बाख्रो दाइजो दिने चलन रहेको छ । दाइजो प्रथालाई कानुनले दण्डनीय माने पनि सबै दाइजो खराब नरहेको संस्कृतिका जानकार गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले छोरीलाई बाख्रो दाइजो दिने चलनले महिलालाई ग्रामीण अर्थतन्त्रसँग जोडेर उत्पादन वृद्धि गरेर आत्मनिर्भर बन्न सहयोग गरिरहेको बताउनुभयो ।

दाइजोमा मिलेको बाख्राबाट जन्मिएकामध्ये एउटा बोका माइती घरको देउतालाई चढाउने चलनसमेत रहेको छ । माइती घरको देउताको करुणाले बाख्रा फस्टाउने जनविश्वास रहिआएको छ । जिल्लाको कुल दुई लाख ४४ हजार ४४४ जनसङ्ख्यामध्ये अधिकांश घरमा बाख्रा पाल्ने चलन रहेको छ । पछिल्लो समय प्रदेश र स्थानीय तहको सरकारले समेत बाख्रापालनका लागि किसानलाई सहयोग गर्दै आइरहेका छन् ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.